कास्कीमा एउटै रूखमा पासो लगायर झुन्डिएको अवस्थामा युवा र युवतीको शव फेला परेको छ ।
कास्की जिल्ला अन्नपूर्ण गाउपालिका वडा न ७ पानी पोखरी भन्ने स्थानमा एकजना युवा र युवती एउटै रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
मृत्यु हुनेमा काभ्रेपलान्चोक बनेपा न पा १ घर भएकि २८ वर्षीय सुदीना कर्मचार्य र ३२ बर्षका दिवाकर थापा रहेका छन् । उनीहरुलाई नजिकै को जङ्गलमा यउटै रूखमा पासो लगायर झुन्डिएको अबस्थामा स्थानिएले देखेका थिए । घासपात गर्न गएका स्थानीयले ०८स्०० बजे देखिपछि हिजो नै प्रहरीलाई खबर गरेका थिए भने नागडाडा प्रहरी पोष्ठबाट नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक जयलाल बुडाको कमान्डमा प्रहरीको टोली घटना स्थल पुगेको थियो ।
प्रहरीले शवको मुचुलका गरेर पोष्ठमाटमको लागि गण्डकी हस्पिटल ल्याउदै गरेको र शव हेर्दा १०र१५ दिन कटीसकेको जस्तो देखीएको श्रोतले बताएको छ । त्यस्तै घटनास्थलमा उनीहरुको साथबाट नागरिकता भेटिएको छ भने मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन र यस बिषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिएका छन् ।