साथीन्यूज

पोखरा । पोखरामा लगातारको वर्षा परेसँगै सडक भासिएको छ ।
पोखरा महानगरपालिका ४ मा बुढानिलकण्ठ मन्दिर नजिकैको सडकमा आइतबार विहान ठूलो भ्वाङ परेर भास्सिएको छ । लगातारको वर्षासँगै पोखरा–बागलुङ राजमार्गको फिर्केखोला पुलसँगैबाट बुढनिलकण्ठ मन्दिर हुँदै गणेशटोल सिद्धार्थचोक र गैरापाटन निस्कने सडकमा भ्वाङ परेको हो। राती १ बजेतिर भ्वाङ परेको थियो।
सडकमा भ्वाङ परेकाले आसपासको क्षेत्र जोखिममा परेको छ। सवारी तथा पैदलयात्रु आवागमन अवरुद्ध बनेको छ। बुढानिलकण्ठ क्रियाकर्म आवासीय भवन र पुन काष्ठ फर्निचर शोरुम बढि जोखिममा परेको छ।