पोखरामा बिगत लामो समय देखि सडकमा कस्टकर जीवन बिताउदै आएका मानिसहरुको उद्दार गर्दै दैनिक एक सय जना भन्दा बढी मानवहरुको सेवा गर्दै आएको मानव सेवा आश्रम पोखरा शाखामा झपिन्द्र राज रेग्मीले सहयोग हस्तान्तरण गरेका छन् ।
विभिन्न कारण र बाध्यताले मानिसहरु सडकमा कस्टकर जीवन बिताउदै आएका हुन्छन । उनीहरुको उद्दार गर्नु नै ठुलो सेवा हो भन्ने सोचका साथ् सडकबाट उद्दार गरी आश्रममा ल्याइएको हुन्छ । उनीहरुको राम्रो संग हेरचाह पनि गरिएको हुन्छ । देशका बिभिन्न ठाउबाट व्यक्तिगत वा संस्थागत रुपमा आएको सानो सानो सहयोग संकलन गरेर पोखरामा पनि मानवीय सेवा संचालन गरिएको छ।
‘थोपा थोपा जम्मा गरेर नै समुन्द्रको निर्माण हुन्छ’ भने जस्तै सानो सानो सहयोग संकलन गरेर यस संस्थाले मानवीय सेवा दिदै आएको छ । पछिल्लो समय विभिन्न संस्थाहरुको स्थापना दिवस , छोराछोरीको जन्मोत्सव ,बुवाआमाको सम्झना लगाएत बिभिन्न बिशेष दिनमा आश्रममा सहयोगहरु हुदै आएको छ।
त्यस्तै आज पनि पोखरा महानगरपालिका वडा न १७ बेलघारी मा बस्दै आउनुभएका बाबुराम रेग्मीको आज चैत्र २९ गते १००औ बर्ष पुरा गरी १०१ बर्षमा प्रबेश गर्नुभएको पावन अवसरमा छोरा झपिन्द्र राज रेग्मीले बुवाको सु स्वास्थ्य दिर्घायुको कामना गर्दै मानव सेवा आश्रम पोखरा शाखामा सहयोग हस्तान्तरण गर्नुभएको छ ।
मानव सेवा आश्रममा सहयोग गर्दै रेग्मीले सामाजिक काममा समर्पित संस्थामा सहयोग गर्नु नै ठुलो सेवा भएको र पुण्य कमाउन मन्दिर खोज्दै हिड्नु भन्दा पनि यस्तै आश्रमहरुमा आफुले सकेको सहयोग गर्नु नै ठुलो सेवा रहेको बताएका छन् ।