पोखरा l पोखरा महानगरपालिकाले नगरभित्रका सबै तालको मापद’ण्ड तोकेको छ । बुधबार बसेको कार्यपालिका बैठकले फेवा सहित ९ वटै तालहरुको मापद’ण्ड तोकेको हो । फेवातालको मापद’ण्ड अव ३० मिटर कायम गरिएको छ ।
सर्वोच्च अदालतको आदेश अनुसार समयमा काम गर्न नसकेपछि मा’नहा’नीको मु’द्धा खेप्दै’ आएको पोखराले कार्यकालको अन्तिम समयमा मापद’ण्ड तोकिदिएको हो ।
यसअघि ६५ मिटर मापद’ण्ड रहेकोमा त्यसलाई घटाएर ३० मिटर कायम गरिएको हो । मापद’ण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थ अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । समितिले लिएको सुझावका आधारमा मापद’ण्ड तोकिएको महानगरले जनाएको छ ।
यस्तै, बेगनास र रुपातालको मापद’ण्ड ५५ मिटर कायम गरिएको छ । सरकारले यि तालहरुको मापद’ण्ड १ सय मिटर तोकेको थियो । तर स्थानीयलाई असर पर्ने भन्दै ५५ मिटरमा झा’रिएको हो।
अरु साना तालको मापद’ण्ड भने २० मिटर कायम गरिएको छ । योसँगै मापद”ण्ड भन्दा बाहिरका कित्ताको जग्गा फुकुवा गर्नका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने निर्णय भएको छ।
उपत्यका नगर विकास समितिले १३ वर्षअघि ताल विकासका लागि भन्दै नजिकका जग्गा रोक्का राख्ने निर्णय गरेको थियो । तर जग्गाधनीहरुले भने अ’न्याय भएकोले फु’कुवाको मा’ग गरेका थिए ।