साथीन्यूज संवाददाता
पोखरा ।
जिल्ला प्रहरी कार्यालयको न्यायीक हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई आज बयानका लागि अदालत लगिदै छ ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेविरुद्ध आइतबार मुद्दा दर्ता भएको थियो ।
लामिछानेको आजदेखि जिल्ला अदालत कास्कीले बयान लिन लागेको हो । बयान पछि थुनामा राखेर मुद्दा अघि बढाउने वा धरौटीमा छाड्ने भन्नेबारे सुनुवाइ (थुनछेक बहस) हुने छ ।
लामिछाने सहित ३१ जनाविरुद्ध जिल्ला अदालतमा आइतबार मुद्धा दर्ता भएको थियो ।
थुनछेकको बहस सकिए पछि मात्रै मूल मुद्दा अघि बढ्ने छ ।