News Portal

अकोराब तनहुँको संयोजकमा पण्डित

साथीन्यूज संवाददाता
३१८ पटक

 

दमौली । देशै भरीको सामुदायिक रेडियोहरुको छाता सङ्गठन सामुदायिक रेडियो प्रशारक सङ्घ तनहुँको संयोजकमा पुनः हरिशरण पण्डित चयन हुनु भएको छ ।

तनहुँ सञ्चार सहकारी सस्थाद्धारा सञ्चालित दमाली एफएमका अध्यक्ष समेत रहनु भएका पण्डित सङघको बुधबार दमौलीमा सम्पन्न दोस्रो अधिवेशनबाट संयोजकमा सर्वसम्मत रुपमा चयन हुनु भएको हो ।

समितिको सदस्यहरुमा रेडियो देवघाटका महासचिव निरञ्जन हाँडा, अन्जना तिमल्सेना, रेडियो देवघाटका गोपाल न्यौपाने, रेडियो छिम्केश्वरी की शर्मिला बिक, मेरो साथी एफएम र रेडियो तनहुँ रहेको छ । अधिवेशनको नेपाल पत्रकार महासङ्घ तनहुँको निर्वतमान अध्यक्ष तथा अकोराब गण्डकी प्रदेशका निर्वतमान उपाध्यक्ष ओमकार आचार्यले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा आचार्यले पत्रकारितका क्षेत्रलाई सरकारको चौथो अंग भएकोले भनिए पनि , सङ्घ, प्रदेश तथा स्थानीय सरकारले उचित संरक्षण र सहयोग गर्न नसकेको बताउनुभयो । सामुदायिक रेडियोहरुले सूचना, मनोरञ्जनको क्षेत्रमा ग्रामिण क्षेत्रमा समेत खेलेको भूमिका उल्लेख्य छ भने पनि नव निर्वाचित अध्यक्ष पण्डितले महंगी र कोरोनाको कहरले थलिएको वर्तमान परिवेशमा सामुदायिक रेडियोहरु सञ्चालन गर्न अत्यन्त कठिन भएको प्रसंग प्रस्तुत गर्दै जिल्लाका सबै सामुदायिक रेडियोहरुलाई उचित संरक्षण र प्रवद्धन गर्न आफू प्रयत्नशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल प्रेस युनियन तनहुका अध्यक्ष अमरराज नहर्कीले सामुदायिक रेडियोको हितको लागि सस्थागत आवाज उठाउन प्रतिबद्ध रहेको बताउनु भयो |

प्रतिकृया दिनुहोस्