अनिल अधिकारी
पोखरा महानगरपालिका वडा नं २५ सुइखेतमा निर्माण हुन लागेको खानेपानी योजनाको आज एक कार्यक्रमका बिच शिलान्यास सम्पन्न भएको छ । गण्डकी प्रदेशका अर्थमन्त्री माननीय रामजी बरालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पोखरा २५ का वडा अध्यक्ष, वडा सदस्यहरु, खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख, सम्पुर्ण राजनितिक दलका प्रतिनिधि, स्थानिय बुद्दिजिवी, सामुदायिक संघसंस्था, युवा संजाल, आमा समुहको सक्रिय सहभागिता रह्यो । कार्यक्रमको संयोजक रमेश अधिकारीले बताउनु भयो। उहाले जिम्मेवारी दिएकोमा उपभोक्ता समिति र सुँइखेतबासी सबैमा धन्यवाद प्रकट गर्नुभएको छ । स्थानियको सक्रियता र प्रदेश सरकारको सहयोगमा बन्दै गरेको योजना यो आर्थिक बर्षभित्रै सम्पन्न हुने संयोजकले जानकारी दिनुभयो ।