News Portal

नजाउ दीदी चप्पल टीप्न केही भयो भने आमा रुनुहुन्छ भन्दै थिए दीदीलाई नालिले बगायो ( भिडियो सहीत )

अनिल अधिकारी
४९२ पटक

पोखरामा १२ वर्षकी दिप शिखालाई नहरले बगायो । उनीसंगै बहिनी पनि थिइन् । वर्ष ९ की रिया यो घटनाको प्रत्यक्षदर्शी हुन् । रिया भुजेलले आफ्नो दिदीलाई कसरी नदिले बगायो भन्ने कुरा खुलाएकी छन् । दिदीले आफुलाई जाउँ भनेर लिएर गएकी थिइन् । हामी दुई जना मात्र थियौं । सुरुमा दिदीको चप्पल बगायो अनि दिदीले तान्न खोज्दा दिदीलाई पनि पानीले बगाये । वर्षाका कारण कास्कीका सबै नदी र नहर खोला जस्तै बनेको छ ।

नहरमा ठूलो भेल थियो तै भेलमा उनी परिन्। बहिनी रिया नहरको किनारमा बसेर हेरिरहेकी थिइन् । बहिनीको आँखा अगाडीनै दिदीलाई नहरले बगाएर लग्यो । परसम्म लगेको थियो । म पनि हेर्दै गएँ, बहिनीले भनिन् । हामीलाई स्कूल जाने दिदीहरुले पुल पारी लगिदिनुभएको थियो । उनले दिदीलाई बगाएपछि आफु घरमा गएर आमालाई भनेको बताएकी छन् । आफुलाई दिदीले खोला आएको छ जाउँ हेर्न भनेर बोलाएर लगेको बताएकी छन्।

प्रतिकृया दिनुहोस्