नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितमान शाक्यलाई हटाएर कुलमान घिमिङलाई नियुक्त गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षले गरेको आग्रह बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्।
मंगलवार उर्जा मन्त्री पम्फा भुसाललाई देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ।
शाक्य अघि कुलमान घिसिङ नै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक थिए। लोडसेडिङ अन्त्य गरेको जस पाएका घिसिङको कार्यकाल सकिएपछि फेरि उनलाई नै कार्यकारी निर्देशकमा पुनर्नियुक्त गर्न दबाब थियो। तर, केपी शर्मा ओली सरकारले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
२०७७ माघ २७ गते शाक्य नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । त्यसअघि २०७७ कात्तिक २१ बाट उनी कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारीमा थिए ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले जनाएको छ ।