साथीन्यूज संवाददाता
इपो फेसन विकमा नेपालि मोडलहरु पनि सहभागि भएका छन । उक्त फेसन विक हालै मलेसियाको इपो सहरमा सञ्चलन भएको थियो । फेसन विकमा नेपाल सहित चिन,भारत,मलेसिया, इन्डोनेसिया,जापान तथा सिगापुरका ४६ जना मोडल य़ाम्पमा प्रस्तुत भएका थिए । नेपाल बाट ५ पुरुष तथा २ महिला मोडल सहभागि भए जसमा अनिल अधिकारि, बाबु सागर गिरि,प्रकाश अधिकारि, पोसन शर्मा, सेरब शेर्पा,हेमा हमाल तथा ज्योती थापा थिए | नेपालका डिजाइनर ज्वाला पोख्रेल एव जय थापले पनि उक्त फेसन विकमा सहभागिता जनाए |तीन दिन चलेको उक्त फेसन विकको कोरियोग्राफी खालीक मुस्ताफाले गरेका थिए | फेसन विकमा हरेक दिन १२ वटा सिक्वेन्स प्रस्तुत भएको सहभागी मोडल अनिल अधिकारिले जानकारी दिए |