News Portal

सुन्दरबजार २ का वडा अध्यक्षको एक महिनाको तलब प्रतीक्षालयलाई

साथीन्यूज संवाददाता
२१३९ पटक

सुन्दरबजार नगरपालिका वडा नं. २ का जनप्रतिनिधिले एक महिनाको तल भत्ता सामाजिक काममा सहयोग गर्ने भएको छ ।
वडाका ६ जना जनप्रतिनिधीले एक महिनाको तलब परेवाडाँडास्थित देउराली प्रतीक्षालय निर्माणका लागि सहयोग गर्ने निर्णय भएको वडाध्यक्ष नवीनकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बुधबार बसेको वडा समितिको बैठकले उक्त निर्णय गरेको हो । आगामि आर्थिक बर्ष २०७८÷०७९ को विभिन्न योजना मध्ये प्रतीक्षालय निर्माणमा सहयोग गर्ने भएको हो । जनप्रतिनिधिले समाजको लागि खटेर काम गर्नुपर्ने भएकाले सामाजिक काममा सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

वडामा वडाध्यक्ष श्रेष्ठसहित कार्यपालिका सदस्य शान्ता भुजेल, वडा सदस्यहरु जगतबहादुर खडका, बिन्दु थापा, फुलमाया नेपाली, पुनकुमार श्रेष्ठले सहयोग गर्ने भएको हो ।
वडालाई स्मार्ट बनाउने परिकल्पना सहित जनप्रतिनिधी अघि बढेको छ । बैठकमा परेवाडाँडा आहाले खानेपानी आयोजना, देउराली मन्दिर जाने सिँढि र रेलिङ निर्माण, चण्डीदेबि दलित बाबा समूह भवन निर्माण, सुन्तलेटार खानेपानी आयोजना, देउराली प्रतीक्षालय निर्माण, युवा स्वरोजगार कार्यक्रम, बिद्युतिय चुलो कार्यक्रम, खानेपानी फिल्टर कार्यक्रम, गर्भवती महिला पोषण कार्यक्रम, महिला स्वयंसेवीहरुलाई प्रोत्साहन कार्यक्रम, महादेबी प्राबि कम्पाउण्ड निर्माण, सिम्पानी र भिरपानी तिदु ठुटापानी, मनकामना टोल, थानी अपार बस्ति खानेपानी ट्याङकी कार्यक्रम, कुमाल गाउँ आमा समूह भवन निर्माण, सुन्तलेटार गाउँ घर क्लिनिक शौचालय निर्माण, बडहरे कुलो निर्माण, कोभिड र बिपद ब्यबस्थापन कार्यक्रम, सिर्जशील टोलमा भुत्याहा खानेपानी ट्याङकी निर्माण, लालिगुरास टोल गाउँ घर क्लिनिक कार्यक्रम, सुइरो धारा र गौली गाउ–माझखेत सडक कार्यक्रम, लालीगुरास टोल सिमलबोटे माथी पहिरो नियन्त्रण कार्यक्रम, बेल हटिया हुँदै देउराली सडक जोड्ने पहिरो नियन्त्रण कार्यक्रम, सिमराढाप खानेपानी कार्यक्रम, प्रगतिशील महिला संजाल भवन कार्यक्रम गर्नुका साथै सुचना, सञ्चार, प्रबिधी कार्यक्रम, स्वास्थ कार्यक्रम, बिद्यालय शिक्षा कार्यक्रम, आयआर्जन सिपमूलक कार्यक्रम, नयाँ नयाँ उद्योग ब्यपारको स्थापनाको लागि लगानीमैत्री कार्यक्रम, उज्यालो परेवाडाँडा कार्यक्रम सञ्चालन गरिने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वडा अध्यक्ष श्रेष्ठले वडाका समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना योजनाबिद्हरुको राय सुझावमा निर्माण गरि क्रमशः कार्यन्वयन गर्ने बताउँदै आफ्नो वडालाई नमूनाको स्मार्ट वडा बनाउन नगरपालिका प्रदेश, संघका अलवा विभिन्न दातृ निकायहरु समन्वय गर्ने बताउनुभयो ।
बैठकमा वडा सचिव शत्रुधनप्रसाद शाह र प्राबिधिक सुरोज केसीको उपस्थिति रहेको थियोे ।

प्रतिकृया दिनुहोस्