गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार संसदबाट विश्वासको मत लिने तयारीमा छन् ।
बिहीबार बाढी प्रभावितका लागि पोखराबाट राहत लिएर गएको उनीसहितको टोली मनाङमै रोकिएको छ ।
अपरान्ह चार बजे पोखरा फर्किने तयारी गरिरहँदा मौसम खराब भयो । साँझ साढे ६ बजे विस्थापितसहित २६ जनालाई लिएर पोखरातर्फ उडेको नेपाली सेनाको हेलिकोप्टर फेरि चामे फर्कनप¥यो ।
मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ, सांसद चिन्तबहादुर घले र पोखराबाट गएका दुई जना पत्रकार आज जिल्ला सदरमुकाम चामेमा बस्ने भएको छ ।
मौसम खुलेमा मुख्यमन्त्री पोखरेलसहिको टोली शुक्रबार बिहान पोखरा फर्किने छ ।
शुक्रबार बिहान मौसम खुलेन र भोलि पनि पोखरा आउन सक्ने अवस्था नभए विश्वासको मत लिने कार्यसूची पछि धकेलिने भएको छ । सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले मुख्यमन्त्री आउन नसके अर्को दिनको कार्यसूचीमा राख्नेबारे संसद सचिवालयसँग कुरा भइसकेको जानकारी दिए ।