साथीन्यूज
ण्डकी प्रदेश सरकारका नबनियुक्ति मुख्यमन्त्रीले गरेको पहिलो निर्णय नै चर्को आलोचनामा परेको छ । पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।
शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ ।
बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।