News Portal

बाग्लुङमा ३० जना नेपाल आर्मी सहित गण्डकी प्रदेशमा ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

साथीन्यूज संवाददाता
३४३ पटक

गण्डकी प्रदेशमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखराका २१ जना सहित प्रदेशका ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका विभिन्न वडाहरुमा ७ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका ८ का २ जना पुरुष चरक अस्पतालमा उपचाररत रहेका छन् भने वडा नं १५, १४, ४, २२, १, ३२, १७ का ७ जना भारतबाट आएका हुन् ।

उता बाग्लुङमा पुष्टि भएका संक्रमितहरु मध्ये बाग्लुङ नगरपालिकामा कार्यरत २९ जना पुरुष र १ जना महिला गरि ३० जना नेपाल आर्मीमा कार्यरत रहेका छन् भने २ जना पुरुष नेपाल प्रहरी र १ जना पुरुष तथा १ जना महिला बाग्लुङ ईजलासमा कार्यरत रहेका बुझिएको छ । यस्तै ३६ बर्षीय पुरुष जिल्ला प्रहरी कार्यालयका थुनुवा र वार्ड नं २ का ५६ बर्षीय पुरुष स्थानीय व्यबसायी हुन् । बाग्लुमा एकै पटक ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यता लमजुङको बेसिशहर र र्मस्याङदीमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै गण्डकीका कोरोना संक्रमितको संख्या ४ हजार ७ सय ५३ पुगेको छ भने, ४० जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्