एउटै पार्टीभित्र दुई दलझैं अभ्यास गर्दै आएको जनता समाजवादी पार्टी जसपाको डा.बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतोबीच शनिबार विज्ञप्ति जुहारी चलेको छ । एकले अर्को पक्षको खण्डन गर्दै विज्ञप्ति निकालेका हुन्,जसले विवादलाई थप मलजल गर्ने नेताहरु बताउँछन् ।
शनिबार बाबुराम–उपेन्द्र पक्षले आफू निकट कार्यकारिणी सदस्यहरुलाई बैठकका लागि पार्टी कार्यालयमा बोलाएको थियो । बैठकका लागि नेताहरु पार्टी कार्यालय पुग्दै गर्दा अध्यक्ष महन्थ ठाकुरले जसपाको नाममा विज्ञप्तिको झटारो हाने । कार्यकारिणी समितिको बैठक बोलाएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उनले भनेका छन्, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई प्रष्ट गरिन्छ ।’
बाबुराम–उपेन्द्र पक्ष पनि के कम रु विज्ञप्तिमार्फत नै महन्थ–राजेन्द्र महतो पक्षलाई काउन्टर दिएको छ ।
केन्द्रीय कार्यालयको तर्फबाट कार्यकारिणी सदस्य प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।