News Portal

अन्तत: गण्डकी प्रदेशमा बहुमतको सरकार नबन्ने भो : अब मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नै।

साथीन्यूज संवाददाता
१६३७ पटक

गण्डकी प्रदेश सभामा बहुमतको सरकार गठन नहुने भएको छ।

रास्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले नेपाली कांग्रेस, माओबादी केन्द्र र जनता समाजवादी पार्टीको गठबन्धनमा बन्ने कृष्णचन्द्र नेपालीको नेतृत्वको प्रस्तावित सरकारका पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि गण्डकी प्रदेश सभामा बहुमतको सरकार गठन नहुने भएको हो ।

प्रदेश प्रमुख सिता पौडेलले बहुमतको सरकार गठन गर्न दिएको समय सकिने लाग्दा रास्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले कृष्णचन्द्र नेपालीको नेतृत्वको प्र’स्तावित सरकारका पक्षमा हस्ता’क्षर गर्न अ’स्वीकार गरेको प्राप्त समाचारमा जनाइएको छ।

कांग्रेस नेता नेपाली नेतृत्वको गठ’बन्धनलाई समर्थन गर्ने पार्टीको निर्णयसहित समर्थनमा हस्ता’क्षर गर्न थापाकै पोखराको बुद्धचोकस्थित निवासमा पुगेका राष्ट्रिय जनमोर्चा गण्डकी ब्युरो संयोजक शंकर बरालसँग सांसद थापाले हस्ताक्षर गर्न अ’स्वीकार गरेका हुन्।

यसैबीच प्रदेश सांसद थापाले कुरा गर्दै लामो समयदेखि खटपट रहेको नेपाली कांग्रेसको समर्थनमा आफु उभिन नसक्ने बताए। उनले देशैभर परा’जय भोगेको नेपाली कांग्रेसलाई बोकेर हिड्नु पर्ने आबश्यकता आफुले महशुश नगरेको पनि स्पस्ट पारे।

यसैबीच राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संयोजक शंकर बरालले पार्टीको नि’र्देशन न’मान्ने प्रदेश सांसद कृष्ण थापालाई का’रबाही गर्ने कि नगर्ने भन्ने बारेमा अब पार्टीले सोच्ने जानकारी दिए। उनले सरकार गठन बारे सांसद थापाको आफ्नो मागहरु राखेको बताउदै ती मागहरु पुरा गर्ने बारेमा गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाट कुनै प्रतिबद्धता नआएको उनले जानकारी दिए।

प्राप्त जानकारी अनुसार, राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेशका सांसद कृष्ण थापाले गत फागु पुर्णिमामा बागलुङको बल्देधुरीमा भएको झ’डपमा मारि’एका कांग्रेसको जिल्ला समिति सदस्य प्रकाश कुँवर र दीपक नेपालीको ह’त्यामा आफ्नो पार्टीका कार्यकर्तालाई फंसाउने काम भएको भन्दै नेपाली कांग्रेसप्र’ति अस’न्तुस्टी जनाउदै आएका छन्। कांग्रेस नेता कुँवर र नेपालीको ह’त्या आ’रोपमा प्रहरीले राष्ट्रिय जनमोर्चाका दुई कार्यकर्ता लगायतका व्यक्तिहरुलाई प’क्राउ गरेको छ भने दर्जनौं राजमो कार्यकर्तालाई प’क्राउ पु’र्जी जारी गरिएको छ।

यसैबीच प्राप्त जानकारी अनुसार, प्रदेश प्रमुख पौडेलले बहु’मतको सरकार गठन गर्न दिएको समयावधिमा कुनै पनि सांसदले बहु’मत सदस्य सहितको दा’बी नगरेपछि अब फेरी प्रदेश सभामा सबैभन्दा ठुलो राजनीतिक दलको हैसियतले नेकपा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले नै नयाँ मुख्यमन्त्रीको सपथ लिने भएका छन्। गण्डकी प्रदेशमा नेकपा एमालेको २७ सांसद रहेका छन् भने उनलाई स्वतन्त्र सांसद राजिब गुरुङ उर्फ दिपक मनाङ्गेले समर्थन गरेका छन्। नेपाली कांग्रेस नेतृत्वको गठब’न्धनलाई अ’सहयोग गरेको राष्ट्रिय जनमोर्चाले पृथ्वी सुब्बा गुरुङलाई मुख्य मन्त्रीको रुपमा स्वी’कार गर्न सक्ने सम्भा’वना रहेको छ।

प्रतिकृया दिनुहोस्