News Portal

गण्डकी प्रदेशमा तीन सांसद र एक कर्मचारीलाई को’रोना सं’क्रमण

साथीन्यूज संवाददाता
५०७ पटक

पोखरा ।।

गण्डकी प्रदेशका तीनजना सांसद र एकजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश प्रयोगशालाका अनुसार एमाले सांसद राजीव पहारी, प्रभा कोईराला र नेपाली कांग्रेसकी सांसद मनकुमारी गुरुङ र कर्मचारी सुश्मा गुरुङलाई कोरोना पोजेटिभ देखिएको हो ।

प्रयोगशालाका अनुसार मंगलवार स्वाब संकलन गरिएका १ सय ५३ मध्ये ४ जनालाई पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका राजीव पहारीले मंगलवारको प्रदेशसभा बैठकमा सांसदहरुको पिसिआर परीक्षणको माग गरेका थिए । उनको माग बमोजिम प्रदेशसभाको बैठक स्थ’गित गरेर आज १ बजेका लागि डाकिएको छ ।

गण्डकी प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिमा सहमति भए अनुसार अब तीन जना सांसदले संसदमा बोल्न पाउने छैनन् । तर उनीहरुले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध ल्याईएको अवि’श्वास प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्न भने पाउने छन् ।

प्रतिकृया दिनुहोस्