७ मंंसिर, पोखरा ।
अन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस २०८१ को सप्ताहव्यापी कार्यक्रम समापन गरेको छ ।
दिवस समापनको अवसरमा उत्कृष्ट करदालाई सम्मान गरिएको छ । कार्यालयको प्रांगणमा भएको समापन कार्यक्रममा आर्थिक वर्ष २०७८–०८० मा सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातालाई सम्मान गरिएको हो ।
आन्तरिक राजस्व कार्यालय पोखराको कार्यक्षेत्र अन्तरगत सबैभन्दा बढी आयकर तिर्नेमा टेम्पल ट्रि रिसोर्टका बसन्त गौतम, करदाता सेवा कार्यालय पुतलीबजारको कार्यक्षेत्र अन्तरगत खिलुङ कालिका कन्ट्रक्सन प्रालिका संचालक छबिलाल अर्याल रेहा छन् ।
उत्कृष्ट करदातालाई कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले सम्मान गरे ।
यस्तै समापन कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पोखराका हरिचन्द्र पौडेल र करदाता सेवा कार्यालय, पुतलिबजारका देव श्री त्रिपाठीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा कर सप्ताह अन्र्तगत भएका खेलकुद र विद्यालयस्तरीय कार्यक्रमका प्रतियोगिलाई पुरस्कार वितराण गरिएको थियो ।
कार्यक्रमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले कर मैत्री वातावरण निर्माण गर्नु सरकारको दायीत्व रहेको बताए । उनले राज्यको तर्फबाट करदातलाई सम्मान गर्नुको साथै सहज रुपमा कर तिर्न सक्ने वातावरण निर्माण हुदै गएको बताए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बिनोद श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष उत्तममान बुद्धाचार्य पोखरा चेम्बर अफ कर्मसका उमराज बास्तोला लगायतले बोलेका थिए । गएको शनिबारदेखि औपचारिक रुपमा कर सप्ताह सुरुवात भएको थियो ।
नेपालमा मूल्य अभिवृद्धि कर लागु भएको दिन १ मंसिर, २०५४ को स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आइएको छ । यस वर्षको राष्ट्रिय कर दिवस, ‘कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइएको थियो ।