पोखरा, ३० कार्तिक ।
पोखरा महानगरपालिका वडानम्बर २१ दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ । दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले घाटलाई धार्मिक स्थालको रुपमा विकास गर्न लागेको हो ।
सेती नदी र फुस्रेखोलाको संगम स्थल (देबिल्लाघाट) धार्मिक पर्यटकीय गन्तब्य बन्न सक्ने सम्भावना भएकाले गुरुयोजना बनाएर धार्मिक क्षेत्रको रुपमा विकास गर्न लागिएको दोबिल्लाघाट संरक्षणा तथा व्यवस्थापन समितिका अध्यक्ष भरत रायमाझीले बताए ।
एक सय २० रोपनी जग्गालाई स्थानीयले संरक्षण गरेर राखेका छन् । सार्वजनिक जग्गाको संरक्षण पनि हुने र नदी किनारमा धार्मीक स्थल बनाउन उपयुक्त हुने अध्यक्ष रायमाझीले बताए ।
धार्मिक स्थाल बनाउने प्रयास स्वरुप समितिले आउदो मंसिर तीन गते सो स्थानमा शिवमन्दीरको शिलान्यास गर्ने भएको छ । देवघाट गहेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दीर सन्यास आश्रमधामका पीठाधीश डा. स्वामी श्री १००८ आत्मनन्द गिरी महाराज जीको प्रमुख आतिथ्यतामा शिवमन्दीरको शिलन्यास गरिने समितिका उपाध्यक्ष नारायाण गिरिले जानकारी दिए ।
स्थानीयको सहभागितमा कलस यात्रा सहित बिहान ९ः१५ बजेको शुभ साइतमा मन्दीरको शिलान्यास हुने छ ।
एक सय ८ धारासहितको शिवमन्दीर निर्माण हुने समितिले जनाएको छ ।
घाटमा यस पहिलो शवदाहस्थलमा मलामीको बिश्रामको लागी प्रतिक्षालय, अन्त्यस्तिका लागि आवश्यक दाउदा र दाउदा राख्ने गोदामघर निर्माण, बृक्षारोपण र तारवार लगाइएको छ ।
गुरुयोजना बनाएर व्यवस्थित रुपमा विकास गरिने अध्यक्ष रायमाझीले जानकारी दिए । मन्दीर, आवास भवन निर्माण गर्ने ठुलाएकादशी र शिवरात्रिमा मेला लगाउने समितिको योजना छ ।