पोखरा, १२ कार्तिक ।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले स्तरीय बस सेवा थप गदैँ लगेको छ । सार्वजनिक यातायातलाई गुणस्तरीय बनाउने क्रममा कम्पनीले स्तरीय बस संचालको नीति लिएको बताएको छ ।
सोही अन्र्तगत कम्पनीले पोखरा देखि काठमाडौ उपत्यकाका लागि २ वटा सोफा सिटर एण्ड सिल्पर सुपर डिलक्स बस संचालनमा ल्याएको छ ।
सेवाको सोमबार कम्पनीका संरक्षक केशव प्रसाद अधिकारीले सुभारम्भ गरे । बस हेमजाबाट बेलुका ६ बजे छुट्ने छ भने जिरोकिलोमिटर, हल्लनचोक, लेकसाइड, पर्यटक बसपार्क, मुस्ताङचोक हुदै पृथ्वीचोकबाट काठमाडौँ तर्फ जाने संचालक मेघराज त्रिपाठीले जानकारी दिए ।
पृथ्वी राजमार्ग अन्र्तगतको कम्पनी कोइली ट्राभल्स प्रा.लिले बस संचालनमा ल्याएको हो । एउटा बसको करिब एक करोड रुपैया लागत लागेको कोइली ट्राभल्सका संचालक अशोक चौधरीले जानकारी दिए ।
एक जना यात्रुले यात्राका लागि १६ सय रुपैया भाडा लाग्ने छ । भने यात्रको क्रममा चिया र खाजा समेत सोही खर्चमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
बसमा आरामदायी २१ वटा फोल्डिङ सोफासिटसहित ४ वटा सुत्न मिल्ने बेड पनि राखिएको छ ।
कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले पृथ्वी राजमार्गबाट संचालन हुने बसलाई स्तरीयकरण गदै यात्रुको चाहना अनुसार सेवा स्तरीय बनाइएको जानकारी दिए ।
कम्पनीका संरक्षक केशब प्रसाद अधिकारीले ५० भन्दा बढि सुपरडिलक्स बस कम्पनीले संचालनमा ल्याइसकेको बताए ।