पोखरा ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा डेंगु परीक्षण गरिएको छ । प्रहरी र थुनुवा गरी सात जनामा डेंगु परीक्षण गरिएको सहरी स्वास्थ्य केन्द्र पोखरा–४ का प्रमुख सुजन पौडेलले जानकारी दिए ।
डेंगु संक्रमण फैलिरहेको अवसस्थामा जिल्ला प्रहरीमा कार्यरत प्रहरी र थुनुवामा स्वास्थ्य समस्या देखिए पछि पोखरा महानगरबाट गएको स्वास्थ्य टोलीले डेंगु परीक्षण गरेको थियो ।
पोखरा महानगरपालिका वडानम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीको नेतृत्वमा महानगरको स्वास्थ्यको टिम जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो । वडाध्यक्ष पराजुलीले
वातावरणमा कुनै पनि विषादी छर्नु भन्दा आफ्नो कार्यालय परिसर, घर वरिपरि सफा गर्दा डेङ्गु रोगबाट बच्न सकिने बताए ।
डेंगु रोगको बारेमा बोल्दै महानगरपालिका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले लामखुट्टेलको बासस्थान खोज र नष्ट अभियान चलाउनुपर्ने बताए ।
ती नमुनाको परीक्षण गर्दा डेंगुको संक्रमण नदेखिएको मौसमी रुवाखोकी पाइएको पौडेलले जानकारी दिए ।