News Portal

पोखरा महानगर व्यवसाय प्रवर्द्धन केन्दमा प्रशिक्षार्थीलाई अभिमुखीकरण

साथीन्यूज संवाददाता
३३१ पटक

पोखरा, ९ कार्तिक ।
पोखरा महानगरपालिका व्यवसाय प्रवर्द्धन केन्द्रले सिप सिक्न चाहनेका लागि नयाँ कक्षा संचालनको तयारी थालेको छ । चालु आर्थिक वर्षका लागि पहिलो चरणका तालिम संचाल गर्न लागिएको महानगरले जनाएको छ ।

आवेदन दिएका मध्यबाट छनोट भएकाहरुलाई तालिम सुरु गर्न लागिएको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारीले जानकारी दिए । उनिहरुलाई तालिम पहिला अभिमुखिकराण गरिएको हो । व्यवसाय प्रवद्र्धन केन्द्रको हलमा तालिमको अभिमुखिकरण गरिएको थियो ।

केन्द्रले ७ प्रकारका तालिमका लागि एक सय ४० जना छनोट गरेको छ । उनिहरुलाई तालिम र तालिम पछिको अवसर र सम्भावना वारे अभिमुखिकरण गरिएको थियो ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरीयाले सिप भएको व्यक्ती वेरोजगार बस्नु नपर्ने बताए । उनले रोजगार दाताले दक्ष कामदार खोजे पनि पाउन नसको भन्दै सिप सिकेर रोजगारी वा स्वरोजगार बन्ने सकिने बताए ।

महागनरले संचालन गर्न लागेका तालिममा लायन्स क्लव डिष्ट्रिक ३२५ ले पनि सहकार्य गर्ने भएको छ । डिष्ट्रिकका गभर्नर चण्डीप्रसाद अर्यालले गाउँ रित्तिसकेको अवस्थामा युवाहरुलाई स्वदेशमै रोक्न आवश्यक रहेको बताए । तालिम प्राप्त पुजीको कमी हुन नदिन लायन्सले सहयोग गर्ने उनले बताए ।

व्यवसाय प्रवद्र्धन केन्द्रले योग प्रशिक्षक, फोटो तथा भिडियोग्राफी, कियर गिभर, वेकरी, जापानीज भाषा, शैलुन र ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता तालिम संचालन गर्न लागेको हो ।

तालिम पछि एक महिना इन्टनसिप अनिवार्य गरी रोजगार, स्वरोजगार बन्नका लागि समेत बिउ पुजिको सहयोग गर्ने महानगरले जनाएको छ ।

विगत २ वर्ष देखि केन्द्रले रोजगारमुलक, स्वारोजगार र उद्यामी बन्ने खालका कार्यक्रम संचालन गदैँ आएको छ ।

प्रतिकृया दिनुहोस्