News Portal

एनपीएलको अक्सन: यी हुन् सर्वाधिक महँगा १२ खेलाडी, कुन टिमको अवस्था कस्तो ?

साथीन्यूज संवाददाता
१२५ पटक

काठमाडौं ।
अर्को महिना काठमाडौंमा हुने नेपाल प्रिमियर लिगको पहिलो चरणको खेलाडी छनोटको काम सकिएको छ । आइतबार काठमाडौंमा भएको अक्सनमा ८ वटा फ्रेन्चाइज टिमले १० जनाको दरले कूल ८० जना खेलाडी छनोट गरेका छन् ।

बोलकवलमार्फत भएको खेलाडी छनाटेमा प्रत्येक टिमले ए ग्रेडका ३ जना, बी ग्रेडका ४ जना र सी ग्रेडका तीन जना गरि १० जना खेलाडी छनोट गरिएको हो । अक्सनबाट १२ खेलाडी अधिकतम मूल्यमा बिक्री भएका छन् । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख तोकिएको थियो । त्यसमा १२ जना खेलाडी अधिकतम मूल्यमा बिक्री भएका हुन् ।

ए क्याटागोरीलाई १० लाख, बी क्याटागोरीलाई १० लाख र सी क्याटागोरीलाई २ लाखबाट खेलाडी अक्सन सुरु गरिएको थियो। जसमा एलाई उच्चतम १५ लाख, बीलाई १० लाख र सीलाई ५ लाख रुपैयासम्म मूल्य तोकिएको थियो।

पहिलो चरणको अक्सन सकिँदा प्रत्येक टिमसँग ११ जना खेलाडी भएका छन् । एक जना यसअघि नै मार्कि खेलाडीको रुपमा प्रत्येक टिमले पाइसकेका छन् । अब सबै टिमले ४(४ जना विदेशी खेलाडी भित्र्याउन पाउनेछन् । जसमा एक जना टेष्ट राष्ट्रको हुनु पर्नेछ भने, अन्य थप एक जना स्थानीय खेलाडी गरेर कूल १६ जनाको टिम बन्नेछ ।

प्रतिकृया दिनुहोस्