साथीन्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनबाट अध्यक्षमा नारायण कोइराला बिजय हुनुभएको छ । उहाले स्वतन्त्र प्यानलको नेतृत्व गरी अध्यक्षको प्रत्यासी बनेकी विन्दु कोइराला सुवेदीलाइ ४१० मतान्तरले पराजित गरनुभएको हो । संघको वाणिज्य तर्फ अर्जुन पोखरेल वियजी हुनुभएको छ ।उहाको प्रतिद्वन्दि सोवित पौडेल रहनुभएको थियो ।
यस्तै उद्योगतर्फको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार गोकर्ण कार्किले चिनु कुमारी गुरु«ङ लाई पराजित गर्नुभएको हो ।
यस्तै महासचिवमा सुरेन्द्रमान बिजुक्छे विजयी हुनुभएको छ । उहाले धनिराम वराललाई पराजित गरनुभएको हो । उपमहासचिवमा केशव बहादुर खत्री विजयी हुनुभएको छ । उहाले धर्मराज बर्तौलालाई पराजित गर्नु भएको हो ।