News Portal

डेंगुको संक्रमण बढे पछि पोखरा–४ मा ‘खोज र नष्ट गर’ अभियान

साथीन्यूज संवाददाता
३५४ पटक

पोखरा ।
डेंगु संक्रमणको जोखिम बढेपछि पोखरा महानगर वडानम्बर ४ ले डेंगु रोकथामका लागि अभियान सञ्चालन गर्ने भएको छ ।

वडाले ‘खोज र नष्ट गर’अभियान सुरु गर्न लागेको हो । आज बसेको जनप्रतिनिधि, विद्यालयका प्रतिनिधि, टोल संस्था र स्वास्थ्य स्वयंसेवीकासहित सरोकारवालाहरुको बैठकले वडामा अभियान संचालनको निर्णय गरेको हो । डेंगुको संक्रमण बढ्दै गएकाले सतर्कताका लागि जनचेतनामुलक कार्यक्रमसहित खोज र नष्ट अभियान गर्न लागिएको वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए ।

साउन २८ गतेबाट माइकिङ, २९ गते बिहान डेंगु रोग नियन्त्रणका लागि सचेतनामुलक र्याली र ३० गतेबाट खोज र नष्ट अभियानको घरदैलो कार्यक्रम गरिने नगर स्वास्थ्य केन्द्र वडानम्बर ४ का प्रमुख शुजन पौडेलले जानकारी दिए । अभियान अन्तरगत पानी जमेका भाडाकुडा र अन्यन्त्र जमेको पानी सफा गर्ने, टायर भएका स्थानमा सरसफाइ, प्रचार प्रसारका सामाग्री वितरण गरिने छ ।

लामखुट्टेको टोकाइबाट हुने डेंगुको जोखिम पनि बढेको हो । डेंगुको संक्रमणणपछि अस्पतालमा भर्ना भएर उपचार गराउनेको सङ्ख्या बढ्दो छ ।

गतवर्ष पोखरामा ३ हजार भन्दा धेरैलाई डेंगु संक्रमण भएको थियो । यस वर्ष पनि डेंगुको संक्रमण बढ्न थाले पछि महानगरमा खोज र नष्ट गर अभियान संचालन थालिएको छ ।

एक्कासी ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो भने बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु डेंगुको लक्षण हुन् ।

लामखुट्टेको टोकाइबाट डेंगु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन सुरक्षाका उपाय अपनाउन स्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस्