पोखरामा आमाछोराको मृत्यु हुने गरी सोमबार भएको स्कुल बस दुर्घटनामा ुओभरस्पिड’ कारण रहेको बसमा सवार विद्यार्थीले बताएका छन् । घाइतेलाई भेट्न अस्पताल पुगेका पोखरा महानगर प्रमुख धनराज आचार्यसँग कुरा गर्दै विद्यार्थीले बस दुर्घटनाअघि तीव्र गतिमा रहेको बताएका हुन् ।
पोखरा २१ छरछरेमा सोमबार विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनको छोरा ६ वर्षीय प्रिन्स विकको निधन भएको छ । उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । बसमा ३० जना सवार थिए । बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको उपचार भइरहको छ ।
कृस्तीबाट विद्यार्थी लिएर पोखरा(१७ विरौटामा रहेको विद्यालयमा बस फर्किरहेको थियो । ग१क ६२१९ नम्बरको बस घुम्तीबाट झण्डै ५० मिटर तल खसेको थियो । घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफीक कार्यलयका प्रमुख भानु शर्माले बताएका छन |