पोखरा ।
पोखरा महानगरपालिकाले युवा लक्षित गर्दै सचालन गरेका विभिन्न ६ प्रकारका तालिममा एक हजार ६७ जनाले सीप सिकेका छन् । महानगरपालिका अन्तरगतको व्यवसाय प्रवर्द्धन केन्द्रमार्फत युवाहरुलाई स्वरोजगार तथा उद्यमी बनाउनका लागि तालिम प्रदान गरिएको हो ।
डिजिटल बजारिकरण, डेरी तथा मिठाई मेकर, वारिस्ता, गुडिया तथा झोला बनाउने, सिलाइ कटाई र व्युटीपार्लर सम्बन्धि प्रशिक्षणमा १६७ जना प्रशिक्षार्थी सहभागि भएको व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए । प्रशिक्षार्थीलाई एक समारोहका बिचमा महागनरपालिकाका प्रमुख धनराज आचार्यले प्रमाणपत्र वितरण गरे ।
प्रमाणपत्र वितरण गदैँ आचार्यले नागरीकको जीवनमा के आवश्यकता छ भनी खोजी गर्दै सोही अनुसारको तािलम दिइएकाे बताए । देशका ७ सय ५३ पालिका मध्ये आवश्यकता अनुसारको सिपका लागि सर्भे गरि प्रशिक्षण दिने पोखरा महानगर पहिलो हाे, आचार्यले भने ।
रोजगार प्रवर्द्धनका लागि आवश्यकता अनुसारको तालिम दिने र रोजगार खोज्ने सम्मको तहमा पु¥याउने र आवश्यक प्रशिक्षण आवश्यकता परेमा आर्थिक सहयोगसम्म महानगरले गर्ने उनले सुनाए ।
उत्पादन गरेका वस्तुका लागि बजार खोज्न महानगरले सहयोग गरेको बताउँदै विगत दुई वर्षमा महानगरले पेशा गर्न सक्ने किसिमका तालिम दिदैँ आएको र आवश्यक परेमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । आवश्यकता अनुसार सर्भे गरेर नै योजना अघि बढाएकोमा व्यवयास प्रवर्द्धन केन्द्रलाई धन्यवाद दिए । सिकेका कुरालाई जीवनमा लागु गर्दै पेशाको रुपमा अघि बढाउन उनले अनुरोध गरे ।
आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले महानगरले स्थानीय बजारलाई चलायमान गराएर स्थानीय उत्पादन, सीप र क्षमतावृद्धि गरि रोजगार सिर्जना गर्न आवश्यक पर्ने विभिन्न क्षेत्रका लागि सिप प्रदान गर्न प्रशिक्षण दिइएकाे बताए । बजारमा माग भएका रोजगारका लागि लामो अवधिको प्रशिक्षण दिदैँ आएको उनको भनाई छ ।
व्युटी पार्लरको प्रशिक्षण लिएकी सुनिता शर्मा कडेँलले आफु सफल व्यावसायी र सफल उद्यमी बन्नका लागि सिप सिक्न आएको सुनाइन् । एक महिनाको इन्टर्न गरेको सुनाउँदै प्रशिक्षणले केहि गर्छु भन्ने आत्मबल मिलेको बताइन् ।
प्रशिक्षार्थी रोशन मानान्धरले पढेर मात्रै प्रगति नहुने र सीपको पनि अत्यावश्यक रहेको बताए । प्रशिक्षणका लागि हजारौंले आवेदन दिएपनि छानिएर सिकेको सीपलाई खेर जान नदिने बताए । प्रमाणपत्र घरमा थन्काएर राख्नुको साटो केहि व्यवसाय अघि बढाएमा महानगरले समेत साथदिनेमा आफु आशावादी रहेको उनले बताए ।
सिपसँगै महानगरले व्यवसाय गर्नका लागि थप सहयोग गरेमा सिप खेर नजाने उनको भनाई थियो ।
महनगरबाट सीप सिकेकाहरुका लागि व्यवसाय दर्ता गराउँदा कर लगायतको विषयमा समेत छुट दिए स्वदेशमै केहि गर्ने आँट आउने र सफलता हात पार्न सकिने उनले सुनाए ।
रोजगारीको खोजीमा युवा पलायन भइरहेकाे अवस्थामा पोखरा महानगरपालिकाले स्वरोजगार अभिवृद्धिलाई लक्षित गरी विभिन्न सीपमूलक तालिमलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।