News Portal

हाम्रो उम्मेद्बारी र योजना केही गर्न्न को लागी

साथीन्यूज संवाददाता
७९२ पटक
पाेखरा उद्योग वाणिज्य संघकाेअध्यक्षकाे उमेदवार बिन्दु काेईरला

पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन आगामी पुस २४ र २५ गते पोखरामा हुँदैछ । महाधिवेशन नजिकिएसँगै उम्मेदवारले घरदैलो कार्यक्रम गरी भोटको लागि अपिल गरिरहेका छन् ।
यतिबेला २ प्यानल बनेर चुनावी मैदनमा होमीएको छ । बिन्दु काेइरला प्यानलका उम्मेदवार संग हामीले तपाईंलाई व्यवसायीले किन भाेट दिने, तपाईंको याेजना के छ भनेर प्रश्न गरेको थियौ । यि प्रश्नमा उमेदवारले दिएको उत्तर यस्तो छ ।

पाेखरा उद्योग वाणिज्य संघकाेअध्यक्षकाे उमेदवार बिन्दु काेईरला

१४ वर्षको अनुभवले पाेखरा उद्योग वाणिज्य संघ चलाउछु | पाेखरा उद्योग वाणिज्य संघ अध्यक्षका उमेदवार विन्दु कोइराला सुबेदी

 

१४ वर्षको अनुभवले पाेखरा उद्योग वाणिज्य संघ चलाउछु पाेखरा उद्योग वाणिज्य संघकाेअध्यक्षकाे उमेदवार बिन्दु काेईरला उद्योग बाणिज्य संघका बसेर मैले धेरै काम गरेको छु विभिन्न पढमा कहिले कार्यासमिति सदस्य कहिले महिला उधममा काम गरेको छु ।२ पटक सम्म उपाध्यक्ष भएर काम गरेको छु भएको मध्य सिनियर १४ वर्षा अघि देखि काम गरेको अनुभवले अहिलेसम्म मलाई जिताई राख्नुभएको छ । सबै पद धारण गरिसकेपछि अब म व्यसायीकाे ईच्छा अनुसार नै महिला नेतृत्व पाेखरा उद्योग वाणिज्य संघमा बिगत ६५ वर्ष सम्म महिलाले नेतृत्व गर्न नपाएको संस्था हाे । अब मेरो लागि उचित समय हाे भन्ने लागेर मैले उमेदवारी दिएको छु ।व्यवसायीकाे लागि हक हितको काम गर्ने भनेर  पुरुषको धेरै नेतृत्व हेर्नुभयाे । त्यहाँ महिला पुगेर काम गर्न यसपालि मेराे उम्मेदवारी रहेको छ । मैले अहिलेसम्म विभिन्न स्थानमा बसेर काम गरेको छु । मैले आफ्नो काम कुशलता पुर्वक निर्वाहा गरेको व्यवसायीले देखेका छन् । १४ वटा मेलामा विभिन्न ठाउँमा बसेर काम गरेको छु । उद्योग वाणिज्य संघले गर्ने नीति तथा कार्या योजना हरेकमा म सहभागी भएको छु । आगामी दिनमा मैले कुशलता पुर्वक व्यसायीकाे काम गर्छु । मैले हिजो पूरा हुन नसकेको कामलाई पूरा गर्ने छु ।

व्यवसायी र राज्यको बिच पुल भएर काम गर्छु | पाेखरा उद्योग वाणिज्य संघ वाणिज्य उपाध्यक्षका उमेदवार साेबित पाैडेल

१४ वर्ष अघि देखि म विभिन्न पेसामा लागि रहेको छु । अन्य व्यवसाय भन्दा पर्यटन संग बढि आवद्ध छु । अहिले विभिन्न संस्थामा लागेर त्यहाँकाे नेतृत्व लिएर हिडेकाे छु । अहिले पाेखरा उद्योग वाणिज्य संघमा  सक्षम युवा, सक्षम नेतृत्व लिन सक्ने मान्छे, युवा अघि बढ्नुपर्छ भनेर म अघि बढिरहेको छु । काेराेना भाईसरकाे कारण पछिल्लो समयमा कर, कर्मचारी, घरबेटी लगायतका समस्या छन् यी विषयमा राज्यसंग मिलेर कसरी अघि बढ्न सकिन्छ भन्नेमा मेरो ध्यान जाने छ ।
यस सहमति बाट पनि अघि बढ्न सक्नुहुन्थाे तर सहमतिको ढाेका किन बन्द भयो । सहमतिको लागि धेरै समय कुरेर बसेकाे हाै । सहमति हुन सकेन । प्रजातान्त्रिक प्रणाली अनुसार अघि बढौ भनेर अघि बढेका हाै । सहमति थाेरै कुरामा मात्र नमिलेको हाे । मिलाउन चाहेको भए मिल्थाे हाेला हामी तडक भडक नगरि निर्वाचनमा गैरहेकाे छाै । बिन्दु काेइरलाकाे टिमलाई भाेट दिएर जिताएर एकपटक पाेखराकाे बिकास गर्ने जिम्मा हामीलाई दिनुहोस् ।

हामी विशुद्ध भावनाले काम गर्न जाने हाे | धनिराम बराल महासचिव पदका उमेदवार

मेरो उद्योग अनुभव पहिला देखिको छ । त्यसकाे प्रयोग गर्नकाे लागि उमेदवारी दिएको हाे । व्यसायीले पनि मुल्यांकन गर्नुपर्ने केही कुरा छ विगत धेरै वर्ष अघिदेखि धेरै संस्थाकाे नेतृत्व गरेर संस्थालाइ उचाइमा पुर्‍याउने काम गरेको छु । पहिला पाेखरा उद्योग वाणिज्य संघमा बसेर काम गर्दा पाेखराकाे मुख्य अाकर्षक पाेखरा प्रर्दनी केन्द्रमा हुने अाैधेगिक व्यापारीक मेलाकाे सुरु गरेको हाै । त्यो समयमा सुरक्षा र वजार व्यवस्थापनकाे जिम्मा लिएको थिए । काम सफल भयो । हामी विशुद्ध भावनाले काम गर्न जाने हाे । अन्त्यमा हाम्रो टिमलाई जिताइदिनुहाेला भन्दछु ।

यहाँहरुले दिनुभएको मतकाे अभिभारा पूरा गर्छै | तारानाथ ढुङ्गाना काेषाध्यक्ष पदका उम्मेदवार

पाेखराका विभिन्न व्यापारीक र सामाजिक संघ संस्थामा रहेर काम गरेको छु । विभिन्न स्थानमा काम गर्दै म नेपाल मदिरा व्यवसायी संघकाे केन्द्रीय महासचिव पदमा बसेर पनि काम गरेको छु । यश भन्दा अघि पनि पाेखरा उद्योग वाणिज्य संघको बाहालवाला सदस्य हाे यहाँ पनि मेरो जिम्मामा परेको सम्पुर्ण काम सफलताको साथ सम्पन्न गरेको छु । अग्रजलाई सम्मान नयाँलाई प्रशाेहान भन्ने नाराकाे साथ हामी बिन्दु काेइरला दिदिकाे प्यानलबाट अघि बढेका छाै । याे टिम सफल हुन्छ । ६७ वर्षा पुरानो इतिहास बाेकेकाे पाेखरा उद्योग वाणिज्य संघलाई याे टिमले नेतृत्व लिन सक्छ ।

उद्योगी व्यवसायीलाई पनि भन्छु यहाँहरुले दिनुभएको मतकाे अभिभारा हामीले पूरा गर्ने छौ । अग्रजले गरेको भन्दा राम्रो गर्ने छौ, याे टिमले गर्न सक्छ, हामी सक्षम छौ हामी सफल हुन्छौ। अहिले पाेखरा उद्योग वाणिज्य संघमा आवस्यक प्रयाप्त पैसा छैन । पाेखरा उद्योग वाणिज्य संघले पाेखराकाे विभिन्न ठाउँ लिएको जग्गाको प्रयाेग गरेर आयस्रोत बनाउन मिल्छ । उद्योग वाणिज्य संघको आयस्रोतकाे लागि मेरो ध्यान जानेछ । म सम्पुर्ण भाेटरलाई के भन्न चाहान्छु भने मलाई उद्योग वाणिज्य संघमा  एकपटक काम गर्ने अबसर दिनुस तपाईंको मतकाे सदुपयोग गरेर पाेखरा उद्योग वाणिज्य संघलाई एउटा उचाइमा पुराएर देखाउछु ।

 

 

राजनिती एउटा पाटाेमा राखेर व्यवसायीककाे हितमा उठेका छाैँ । उप महासचिव पदका उमेदवार धर्मराज बर्तौला

सबैलाई घरमा चाहिने इन्धन व्यवसायी हुँ म २०७२ सलाकाे नाकाबन्दीमा पनि सबैको घरमा चुलाे बाल्ने काम गरेको छु । गृहलक्ष्मी ग्यासकाे अध्यक्ष र पाेखरा उद्योग वाणिज्य संघको उप महासचिवकाे स्वतन्त्र उम्मेदवारकाे हिसाबले भन्नुपर्दा राजनितीलाई एउटा पाटाेमा राखेर व्यवसायीककाे कसरी हक हित हुन्छ भनेर म उठ्न खाेजेकाे हाे । पाेखरा उद्योग वाणिज्य संघको लागि सबै राम्रो र परिपक्व उमेदवार राेज्न मेरो अनुरोध छ । पाेखरा एउटा व्यापारीक सहर हाे यस्काे बिकासकाे लागि उद्योग वाणिज्य संघको ठुलो भुमिका हुन्छ ।

 

व्यवसायकाे समस्या हल गर्न चुनावमा हाेमिएकाे हाे | पाेखरा उद्योग वाणिज्य संघ कार्या समिति सदस्य पदकाे उम्मेदवार पवित्रा गुरुङ

महिलाको हक हितको लागि सामाजिक क्षेत्रमा ३ दशक देखि काम गरेको यहाँहरुलाई जानकारी छ । लामाे समय सम्म सामाजिक क्षेत्रमा काम गरेपछि उद्योग व्यवसायकाे लागि पनि  अब केही गर्नु पर्छ भन्ने लागेर मैले सदस्य पदका लागी उमेद्धारी दीएको छु ,हामी विशुद्ध भावनाले काम गर्न जाने हाे । अन्त्यमा हाम्रो टिमलाई जिताइदिनु हाेला भन्दछु ।

हाम्रो प्यानले जित्छ

पाेखरा उद्योग वाणिज्य संघ कार्यासमिति सदस्य पदकाे उम्मेदवार विनोद केसी

अग्रजलाई सम्मान नयाँलाई प्राेशहान भनेर नै म चुनावमा हाेमिएकाे हुँ । बिन्दु काेइरलाकाे प्यानमा राजनिती नभइ हरेक प्रकारका व्यवसायी मात्र छाैँ । म हार्डवयस व्यवसायमा आवद्व छु । हार्डवयर एसाेसियशनमा छलफल गरेर मैले उमेदवारी दिएको हुँ । अन्य व्यवसायीकाे पनि सहयोग छ । हाम्रो प्यानले नै जित्छ भन्ने मलाई पुर्ण विश्वास छ ।

 

प्रतिकृया दिनुहोस्