गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन्।
उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार अपराह्न शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्री पाण्डेले बुधबार नै दुई जना मन्त्री नियुक्त गरेका छन्।
कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा। टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् ।
गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।
लमजुङबाट प्रदेश सभामा निर्वाचित गुरुङ कांग्रेस लमजुङका सभापति हुन् भने थापा कास्कीबाट निर्वाचित हुन्।
कांग्रेस गण्डकी संसदीय दलका नेता पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार बुधबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त भए।
संविधानको धारा १६८ उपधारा ३ अनुसार प्रदेश सभाका सबैभन्दा ठूलो दलका संसदीय दलका नेताका हैसियतमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्।
सर्वोच्च अदालतले ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सोमबार परमादेश जारी गरेको थियो।