‘पोखराको सडकमा पैदल यात्रुलाई हिँड्न धुँवाको मुस्लो फाल्ने बसले अत्याचार नै गर्छ’, हरिया बसले कालो न कालो धुँवा पुत्याउँदा हिँडिसक्नु हुँदैन । पर्यटकीय राजधानी घोषित पोखरामा यो समस्या कहिल्यै हटेन ।’
पोखराको न्युरोडमा सिटी बसले अत्याधिक कालो धुँवा पुत्याउँदै विपी चोकतिर लाग्छ । बसको पछि गइरहेका स्कुटर र मोटरसाइकल चालक धुँवाभित्र हराउँछन् ।
वातावरणदेखि मानव स्वास्थ्यमा पनि गम्भीर असर गर्ने गाडीको धुँवाकै कारण नागरिकलाई सास्ती त छँदै छ, पोखराकै बद्नाम गराएको छ ।
अत्याधिक कालो धुँवाको मुस्लो फाल्ने गाडीलाई अब भने कानुनी दायरामा ल्याउने र रुट परमिट खारेज गर्नेसम्म कारबाही गर्ने यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिज्यालको भनाइ छ ।
यातायात कार्यालय, ट्राफिक, महानगरसहितको टोलीले बुधबार गरेको मापनमा अधिकांश गाडी नियमित सर्भिसिङ नगरेकै कारण कालो धुँवा फाल्ने गरेको पाइएको छ । पोखरामा बुधबार ३५ वटा गाडीको प्रदुषण मापन गर्दा ३० वटा फेल भएका छन । हेरौ स्थलगत रिपोर्ट