News Portal

पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा गर्ने तयारी

साथीन्यूज
३८३ पटक

पोखरालाई चैत ४ गते पर्यटनको राजधानी घोषणा हुने भएको छ । चैत ४ गते आइतबार पोखरालाई देशकै पर्यटनको राजधानीको रुपमा घोषणा गर्ने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन ।

पोखरालाई पर्यंटनको राजधानी बनाउने चर्चा लामो समय देखी चल्दै आएको थियो । आइतबार पोखराको बाराही घाटमा तामझामका साथ पोखरालाई पर्यटकीय राजधानी घोषणा हुने गरी तयारी गरिएको छ । राजधानी घोषणा प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने छन् । बसुन्धरापार्कबाट विहान करिब १०ः३० बजे सुरु हुने झाँकी सहितको र्याली बाराही घाटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने छ । स्थानीय निर्वाचनमा विजयी भएर आएपछि पोखराका मयेर धनराज आचार्यले पहिलो निर्णय नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेका थिए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने निर्णयले पर्यटन व्यवसायमा उत्साह ल्याएको बताएका छन। पोखरा क्षेत्रमा अब लगानी भित्राउन र  पर्यटन क्षेत्रको लगानी सुरक्षित गर्न थप मद्धत पुग्ने उनले बताए । अध्यक्ष श्रेष्ठले पोखरामा अब बार्षिक २० लाख भन्दा बढी पर्यटन भित्राउन लाग्नु पर्ने  ।
लामो समय देखी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न व्यवसायीहरुले माग गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्