News Portal

अब पोखरामा ५ तलासम्म अग्लो घर,सबैमा हरियो रङ

साथीन्यूज
१०६५ पटक

पोखरा महानगरपालिकामा अब ५ तलासम्म अग्लो भवन बनाउन पाइने भएको छ । महानगरपालिकाले बुधबार नयाँ भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै ५ तलासम्म अग्लो भवन बनाउन पाइने नीति लिएको हो ।

महानगरपालिकाका नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले भने, ‘माटो परीक्षणपछि मात्रै कहाँ कस्तो ठीक हुन्छ, त्यहीअनुसार डिजाइन तयार गर्न लगाउँछौं ।’अब भवन ५ तलासम्म बनाउन पाइन्छ । तर, त्यो ५ तलासम्म बनाउन पनि सुरुमा माटो परीक्षण गर्नुपर्छ पौडेलले भने ।

पोखरामा साढे ३ तला भन्दा अग्ला 5 हजारभन्दा बढी भवन रहेको अनुमान छ । १० तलाभन्दा अग्लो घर १९ वटा रहेको मेयर धनराज आचार्यले बताए ।  मापदण्ड तयार भइसके पनि राजपत्रमा छापिएपछि मात्र सार्वजनिक गरिने जानकारी दिए ।
यो सङै पोखरा महानगरपालिकाले अब बन्ने सबै भवन, संरचनामा हरियो रङ लगाउने नीति पनि ल्याएको प्रमुख आचार्यले बताए । पोखरालाई ‘ग्रिन सिटी’ को रुपमा विकास गर्न भन्दै महानगरले उक्त योजना अघि सारेको जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्