पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बाहिरबाट फूल आयात भएमा जफत गर्ने चेतावनी दिएका छन् ।
पोखरामा शुक्रबार देखी सुरु सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८० को पोखरा रंगशालामा उद्याटन गदै प्रमुख आचार्यले यस्तो चेतावनी दिएका हुन् ।
यहाँहरुले स्थानीय फूल नै प्रयोग गर्दीनुहोस्, आउने तिहारमा बाहिरको आयातित फूललाई रोकेका छौँ । प्रतिबन्ध लगाएका छौँ हामी भन्दैनौ, निरुत्साहीत गरेका छौँ यो कुरालाई बुझ्नुहोला, आचार्यले भने ।
आचार्यले भने, बाहिरबाट फूल यहाँहरुले अडर नगर्नु होला, अडर गर्नुभयो भने त्यो सिमामा रोकिन सक्छ । प्लाष्टिक जन्य फूललाई गतवर्ष देखि नै रोकेको उनले बताए ।
तिहारमा आवश्यक पर्ने फूलको मागलाई ध्यान दिएर महागनरले किसानहरुलाई प्रोत्साहन गर्दा किसानहरु उत्साहित भएको आचार्यले बताए ।
तिहारमा हामीलाई चाइने फूल किन हामी बनाउदैनौँ, सयपत्री फूल मात्रै साढे ३ करोड बढिको विक्री हुने साथीहरुले भन्नुभएको छ, त्यो पनि औपचारीक ठाउबाट अनौपचारीक ठाउबाट कति विक्री हुन्छ थाहा छैन, आचार्यले भने ।
करोडौको तिहारमा मात्रै फूल विक्री गछौँ तर त्यो सबै आयातित हुदाँ हाम्रा साथीहरुले उचित प्रतिफल पनि नपाउने भएको हुदाँ अहिले हामीले बिउँ देखी नै किसाननलाई साथ दिएका छौँ । महानगरमा झण्डै १६५ रोपनी सयपत्री फूल रोपिएको विवरण प्राप्त भएको उनले बताए ।
आचार्यले पोखरालाई फूलैफूलको सहर बनाउने महागनरको योजना सुनाउदै घर–घरमा फूल रोप्न समेत आग्रह गरे ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल ंफ्यान) ले आयोजना गरेको मेलामा २० वटा फूलको स्टल राखिएको छ भने, २ वटा कृषि सामाग्रीको स्टल राखिएको एसोसिएसनका अध्यक्ष एवं मेला आयोजनक समितिका संयोजक डिल बहादुर गुरुङले जानकारी दिए । मेला तीन दिनसम्म चल्लने छ ।