News Portal

आफै खुल्न थाल्यो थुनिएको किम्रोङ खोला ठुलो क्षति हुनबाट जोगीयो

साथीन्यूज संवाददाता
११३ पटक

करिब २४ घन्टादेखि थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी विस्तारैे खुल्न सुरु गरेको छ ।

लामो समयदेखि थुनिएको खोलाको पानीले गर्दा मोदी खोलाको बहाव बढेकोे स्थानीयले बताएका छन् ।

खहरे खोला किम्रोङ शनिबार पहिरोले थुनिएको थियो ।

अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले थुनिएको खोलाको छेउबाट आफैं विस्तारै पानी बग्न थालेकाले तत्काललाई ठूलो क्षति हुन बाट जोगिएको जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्