साथीन्यूज संवाददाता
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा किम्रोङ खोला १० घण्टादेखि थुनिएको छ ।
खोला थुनिँदा कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्र र पर्वतको मोदी खोला क्षेत्रका बासिन्दा जोखिममा परेका छन् ।
अन्नपूर्ण गाउँपालिका ११ का अध्यक्ष हिमबहादुर गुरुङले खोलाको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जानकारी गराइएको बताए ।