पोखरा, पोखरामा मेयर धनराज आचार्यको पुत्ला दहन गरिएको छ । पोखराको लखन चोकमा मेयर आचार्यको पुत्ला दहन गरिएको हो । राष्«िटय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको पोष्टर हटाएको भन्दै पुत्ला दहन गरेको हो । लखनथापाको शालिकमा लगेर पृथ्वीनारायण शाहको तस्वीर राखिएको थियो । उक्त तस्वीर पोखरामा बिस्व आदीबाशी दिबस मनाउने क्रममा हटाएपछि बिबाद भएको हो । एउटाको शालिकमा अर्काे पोष्टर टास्दा नराम्रो शन्देश जाने र बिभुती कै अपमान हुने भएकाले एउटाको मात्र रहने अबस्था र्सिजना गर्ने प्रयास गरिएको पोखरा महानगरपालिकाले जनाएको छ । शालिकमा राखिएको पृथ्वीनारायण शाहको पोष्टर लाई हटाउने बिषयमा रा.प्र .पा सहितको सर्बदलिय बैठकमा समेत सहमति भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरा महानगरपालिकाले सबै बिभुतीहरुका लागि शालिक र्निमाण गरी बिभुतीपार्कमा राख्ने साबिककै योजना अनुसार काम गरिरहेको र एक महिना भित्र सबै शालिक स्थान्तरण गर्ने छ । बिभुति पार्कमा यस अघि नै पृथ्वीनारायण शाहका शालिक भने र्निमाण भैसकेको छ । रा.प्र पा. ले अहिले आएर चोकमा पृथ्वीनारायण शाहका पोष्टर लखनथापाको शालिकमा टासेर किचलो झिक्ने काम गरेको छ ।
- पट्नेरीमा गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोमसुरु
- गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी पुरा
- कोटिहोम पुगेर मन्त्री भट्टराइले भनिन् : धार्मिक पर्यटकीय गन्तब्य बनाउन बजेटको व्यवस्था गर्छु
- गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
- पोखराको अन्नपूर्णेश्वर शिवालय शिवक्ती धाममा शिवालय मन्दिरको उद्धघाटन
- पोखरामा जारी कोटिहोममा ११ जनाको सामुहीक ब्रतबन्ध
- पोखरा–२३ मा महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु