साथीन्यूज
एकिकृत समाजबादी पार्टीले देशभर सञ्चालन गर्न लागेको भ्रष्ट्रचार बिरुद्ध आवाज उठाउने गरि अभियान सञ्चालन गर्न गरी समिती गठन गरेको छ । समितीका केन्द्रीय संयोजक भविस्वर पराजुलीको अध्यक्षतामा बसेको बैठकको र्निणय अनुसार गण्डकी प्रदेशमा पनि समित गठन गर्ने र्निणय गरिएको छ ।
सोही बैकठले भुजेललाई गण्डकी प्रदेशको ईन्जार्जको जिम्मेबारी दिएको हो । समितिले देशभर रहेका साना , ठुला सबै प्रकारका भ्रष्टचारका मुद्धाहरुमा आवाज उठाउने, जनतालाई सुुसुचित गर्ने, खबरदारी गर्ने तथा अन्य कामहरु गर्ने गरि अभियान अगाडी बढ्ने भुजेलले जानकारी दिए ।अहिले देशमा भएका भ्रष्टचारका काण्डहरु टुगाेंमा नपुगी बन्द नहोस भन्नका लागि पनि अभियान आबस्यक रहेको उनले जानकारी दिए ।