News Portal

फिर्के खोला खोज्दै पोखराका मेयर धनराज १ खोलामा जंगी पिल्लर गाडेपछि भिडियो सहीत

साथीन्यूज
१५४ पटक

फिर्के खोलाको सिमाङ्कन कार्य गाईघाटदेखि वडा नं.४ सम्म आइपुगेको छ । मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहावमा सृजित अवरोध समाधान सहित फिर्के खोलाको संरक्षण, संवर्धन र विशेष सौन्दर्यीकरणको कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले सिमाङ्कन कार्य सुरु गरिएको हो । हालसम्म खोलाको करिब ५ कि. मि क्षेत्रमा सिमाङ्कन सकिएको छ । खोलाको दायाँबायाँ करिब ३०० पोलहरू गाडिएका छन् ।

पहिलो चरणमा प्राविधिक सर्वेक्षण र नाप जाँच गरी खोलाको प्राकृतिक सिमाना यकिन गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार दोस्रो चरणमा स्थानीय सरकारले तोकेको मापदण्ड लागु गर्ने कार्य हुनेछ । जस अन्तरगत फिर्केको अतिक्रमण हटाइने छ भने, दिगो पर्यटन विकास परियोजना अनुसारको पूर्वाधार निर्माण गरिनेछ ।
सिमाङ्कनमा खटिएका प्राविधिकहरूले कतिपय स्थानमा भौगोलिक कठिनाइ, कतिपय स्थानमा अत्यधिक फोहोर र सर्प लगायत लामखुट्टेहरूको सामना गर्नुपरेको बताएका छन् । सिमाङ्कन कार्यमा १८ जना प्राविधिक सहित नगर प्रहरी र सहयोगी समेत गरी ४० जना परिचालन गरिएको छ ।
बाँकी सिमाङ्कनको काम एक सातामा सम्पन्न गरिने उनीहरूले बताएका छन् ।

भिडियो सहीत

 

प्रतिकृया दिनुहोस्