News Portal

बाख्रापालक किसानहरुलाई पोखरा महानगरपालिकाको ४४ लाख अनुदान

साथीन्यूज
१६५ पटक

खरा महानगरपालिकाले कृषकहरूलाई रु.४४ लाख बढी अनुदान प्रदान गरेको छ । मेयर मैत्री बाख्रा पकेट कार्यक्रम अन्तरगत महानगरका बिभिन्न वडाका १९१ जना कृषकहरूलाई रु.४४ लाख २० हजार बराबरको अनुदान प्रदान गरिएको महानगरपालिकाले जनाएको छ । यसै विच सोमवार पोखरा महानगरपालिका वडा नं २८ कालिकामा आयोजित एक कार्यक्रमका बिच महानगरपालिकाका प्रमुख धनराज आचार्यले अनुदान रकम हस्तान्तरण गरे । बाख्रा पालन पकेट कार्यक्रम अन्र्तगत महानगरपालिकाको आर्थिक विकास महाशाखाले योग्य कृषकहरूलाई अनुदान सहायता उपलब्ध गराएको जनाएको छ ।
कृषकहरुलाई अनुदान रकम हस्तान्तरण गर्दै प्रमुख आचार्यले कृषिजन्य उत्पादनहरूमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरता तर्फ उन्मुख गराउन कृषकहरूको योगदान उल्लेखनीय हुने वताए । कृषकहरूलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको भन्दै आचार्यले निर्धक्क संग उत्पादनमा लाग्न आग्रह गरे । वजार पाईदैन की भन्ने चिन्ता नलिन समेत प्रमुख आचार्यले कृषकहरुलाई अनुरोध गरे । महानगरपालिकाको समृद्धिसँग कृषकहरूको समृद्धि पनि जोडिनु पर्दछ भन्ने मान्यतामा आफु रहेको वताउदै आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सृजना गर्न महानगरपालिका प्रतिबद्ध रहेको वताए । यस प्रकारको अनुदानले कृषकहरूलाई हौसला मिल्ने समेत प्रमुख आचार्यले वताएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बाख्रा पालन व्यवसाय तर्फ कृषकहरूको आकर्षण बढेको भन्दै उन्नत जातका बाख्रा पालनबाट कृषकहरूले मनग्य लाभ लिइरहेको वताए । पोखरा महानगरपालिका वडा नं.२८ का पूर्व वडाध्यक्ष एवं कार्यपालिका सदस्य निर्मल दियालीले अनुदान रकमको सदुपयोगीतामा जोड दिएका थिए ।
यसै विच सोमवार नै वडा नं.१९ का २४ जना कृषकहरूलाई रु.६ लाख २० हजार, वडा नं.२० का ३२ जना कृषकहरूलाई रु.७ लाख २० हजार, वडा नं.२१ का ४३ जनालाई रु.१० लाख, वडा नं.२४ का ३७ जनालाई रु.८ लाख २० हजार, वडा नं.२५ का २३ जनालाई रु.४ लाख ८० हजार र वडा नं.२८ का ३२ जनालाई ७ लाख ६० हजार गरी १९१ जना कृषकहरूलाई रु.४४ लाख २० हजार नगद अनुदान प्रदान गरिएको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्