News Portal

सांसद भण्डारीको जताततै प्रशंसा,तीन महिनामै खानेपानीको योजना सम्पन्न

साथीन्यूज
११२ पटक

म्याग्दे गाउँपालिका –४ पिपलटार, मनहरीका बासिन्दा भन्छन्, ‘काम गर्नु त सांसद शंकर भण्डारीको जस्तो पो’ । खानेपानीको ट्याङ्कीमा शव भेटिएपछि काकाकुल बनेका सो ठाउँका बासिन्दाको खानेपानीको समस्या समाधान गरिदिएपछि सांसद भण्डारी प्रशंसाको पात्र बन्नु भएको हो ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएपछि काम अघि बढेको थियो । सांसद भण्डारीको पहलमा सङ्घीय सरकारको अर्थ र खानेपानी मन्त्रालयले उक्त आयोजनाका लागि ८० लाख बजेट वैशाख अन्तिम हप्तामा बिनियोजन गरेपछि काम अघि बढाईएपछि समाधान भएको मनहरी पिपलटार खानेपानी तथा सरसफाई समितिले जनाएको छ । काम शुरु भएको ५० दिनमा नै खानेपानीको इन्टेक र रिजर्भ ट्याङ्की निर्माण , नयाँ पाइपलाइन बिछ्याउने र घर घरमा धारा जडान गरी पानी उपलब्ध गराउने काम पुरा भएको समितिका अध्यक्ष प्रेमराज अधिकारीले जानकारी दिनुभयो । सांसद भण्डारीको निर्देशनमा काम पुरा भएसँगै एक सय ३८ घर परिवार लाभान्वित भएको अधिकारीले बताउनुभयो ।
गत चैतमा खानेपानीको ट्याङ्कीमा हत्या गरि फालिएको महिलाको लास भेटिए पछि नयाँ खानेपानी आयोजना शुरु गरिएको सचिव सचिव चन्द्रकुमार मल्लले बताउनुभयो । पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षिया शान्ति श्रेष्ठको शव हत्या पछि ट्याङ्कीमा फालिएको अवस्थामा भेटिएको थियो । पानीमा दुगन्ध आउन थालेपछि ट्यांकी खोलेर हेर्दा शव भेटिएको थियो । सचिव मल्लले भन्नुभयो, सांसद भण्डारीले तत्कालै काम अघि बढाउन निर्देशन दिएपछि बजेट विनियोजन भई काम सम्पन्न भएपछि स्थानीय खुसी भएका छन् खानेपानी पुनस्थापन आयोजनाको यही साउन ७ गते आइतबार सांसद भण्डारीले उद्घाटन गर्ने कार्यक्रम राखिएको समितिले जनाएको छ ।
नेपाली कांग्रेस तनहुँका सदस्य तथा स्थानीय बासिन्दा हुतमणी अधिकारीले सांसद भण्डारीले सम्बन्धित निकायलाई तत्काल काम गर्न भनेको र कामबारे बारम्बार चासो दिएकोले काम चाँडै सम्पन्न भएको जानकारी दिनुभयो । शव भेटिएको पानीको ट्याङ्की सफा गरेपनि पानी नखाने स्थानीयले बताएपछि नयाँ योजना सञ्चालन गरिएको उहाँले बताउनुभयो । छोटो समयमा काम हुनुमा स्थानीय बासिन्दाको सक्रिय भएर लागेकोले सफलता मिलेको उहाँ बताउनुहुन्छ । सांसद भण्डारी तत्कालै समस्याको समाधान गर्न आवश्यक पाइप प्रदान गरी अस्थायी रुपमा खानेपानीको व्यवस्था समेत गर्नु भएको उपभोक्ताको भनाई छ ।

प्रतिकृया दिनुहोस्