पोखरामा झण्डै १४ लाख वरावरको म्याद गुज्रेको वियर कास्की प्रशासनले नियन्त्रणमा लिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको महेन्द्रपुलमा रहेको सेल्वेज डिपार्टमेन्ट बाट म्याद गुज्रेको बर्डवाइजर बियर बिक्री भएको भेटिएपछि सेल्वेज डिपार्टमेन्टमा अनुगमन गर्ने क्रममा पोखराको पस्र्याङ स्थित सिद्धार्थ लाभाजुले सञ्चालन गरेको लाभाजु इन्टरप्राइजेजबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैया बरावरको बर्डवाइजर बियर म्याद गुज्रेको भेटिएको हो ।
लाभाजुले सञ्चालन गरेको पोखराको पस्र्याङमा रहेको लाभाजु इन्टरप्राइजेजबाट अनुगमन टोलीले ७५० एमएलको बर्डवाइजर बियर ३१६ कार्टुन र ११ बोटल र ३३० एमएलको बर्डवाइजर बियर ६ कार्टुन र ११ बोटल म्याद गुज्रेको बियर बरामद गरी प्रशासनले नियन्त्रणमा लिएको कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । हेर्नुहोस स्थलगत रिपोर्ट भिडियोमा