News Portal

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त

साथीन्यूज
१०१ पटक

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन । पाण्डेलाई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

पाण्डेलाई नेपाली काँग्रेसका २७, नेकपा९माओवादी केन्द्र०का सात र स्वतन्त्र एक गरी ३५ सांसदको समर्थन छ । गत वैखाख १२ गते प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

वर्तमान मुख्यमन्त्री खगराज अधिकारीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । गण्डकीमा काँग्रेस र माओवादीले आलोपालो सरकार सञ्चालनको सहमति गरेका छन् । सुरुको पालोमा काँग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।

प्रतिकृया दिनुहोस्