सापटी दिएको रकम फिर्ता नगर्दा तनहुँमा एक महिलाको हत्या भएको घटना सार्वजनिक भएको छ ।
पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठ को हत्या गरी ट्ंकीमा हालेर फरार भएका काभ्रेपलान्चोक पाँचखाल नगरपालिका वडा नं। ५ स्थायी घर भई हाल पोखरा ७ घारीपाटनमा बस्दै आएका ३५ वर्षीय प्रकाश सुनारलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
सुनारले महिलाको टाउकोमा इँट्टाले प्रहार गरेर हत्या गरी तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित खानेपानी ट्यांकीमा फालिदिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दीए ।
गत चैत १२ गते खानेपानी ट्यांकीमा पोखरा महानगरपालिका–३३ बाघमारा बस्ने ४२ वर्षीया शान्ति श्रेष्ठको शव फेला परेको थियो । उनी फागुन २१ गतेदेखि हराएकी थिइन् ।
घर–घरमा वितरण गरिएको धाराबाट पानीमा गन्ध आएआएपछि स्थानियले ट्यांकीखोलेर हेर्दा उनको शव भेटीएको थियो ।
गाडी चालक समेत रहेका सुनार फलफूल लगायत अन्य खाद्यान्नको दुवानी गर्थे । सोही क्रममा उनको भेट शान्ति श्रेष्ठसँग भयो । चिनजानपछि उनीहरु घनिष्ठ भए । सोही क्रममा सुनारले श्रेष्ठलाई केही रकम सापटी दिएका थिए । एकल महिला समेत रहेकी श्रेष्ठले आफ्नो छोराको उपचारको लागि सापटी लिएको पाइएको प्रहरीले जनाएको छ ।
सुनारले सापटी रकम फिर्ता माग्दा श्रेष्ठले नदिएको र त्यही निहुँमा हत्या भएको पाइएको तनहुँ प्रहरी प्रमुख ९एसपी० अवधेश विष्टले बताए
सुनारलाई तनहुँ प्रहरीले चैत १५ गते तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नं। १ थप्रेकबाट पक्राउ परेको थियो । घटनामा संलग्न रहेकालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुसन्धान भइरहेको एसपी विष्टले बताए ।