News Portal

लाइफ जकेट लगाउदा पनि किन गयो फेवातालमा ज्यान कसरी जोगाउने ज्यान भिडियो सहीत

साथीन्यूज संवाददाता
२०७ पटक

मौसम बदलीसंगै आएको हावाहुरीका कारण फेवातालमा डुङ्गा दुर्घटना हुँदाएक वृद्धाको मृत्यु भएको छ । पोखरा महानगरपालिका १ बगरकी ७० वर्षिया याम माया गिरीको मृत्यु भएकोहो । फेवाताल तालबाराही मन्दिर पछाडी अचानक डुङ्गा पल्टिएपछि उनी वेहोस भएकीथिइन् । उनलाई उपचारका लागि गण्डकी मेडिकल लगिएपनि चिकित्सकले मृत घोषणा गरेकोजिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।
शनिबारको घटनामा सुरक्षामा कम्जोरी देखिएको छ । विशेषगरी फागुन, चैत र बैशाखको महिनामा चालक विना डुङ्गा लैजान पाइदैन् । तर चिन्जानको आधारमा डुङ्गा दिदाँ दुर्घटना भएको हो । अर्को कारण भनेको दुर्घटना अघि सूचना नदिनु पनि हो । फेवातालमा मौसम प्रतिकुल भई हुने दुर्घटना न्युनिकरण गर्नका लागि रेस्क्यु टावरमा साइरन राखिएको थियो । । फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरिले साइरन बिग्रीएको बताए । फेवातालमा तीन वर्ष अघिसम्म हावाहुरी लाग्यो या मौसममा बदलिसंगै केही जोखिम हुन लाग्यो भने साइरन बज्थ्यो । जब साइरन बज्थ्यो तब डुङ्गा चालक सचेत भएर सुरक्षीत स्थान तर्फ लैजाने गथ्र्यो । तर ३ वर्षदेखी साइरन बिग्रिएको छ । साइरन बिग्रीदा अहिले तालमा डुङ्गा लिएर घुम्न जानेहरुले जोखिमको थाहै पाउदैनन् । पोखरामा सराङकोट तिर बाट आएको हावा धेरै असुरक्षीत हुने उनले बताए लाइफ जकेट लाउदा पनि कसरी गयो त ज्यान के भन्छन डुङगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरि आजको यो कार्यक्रममा भिडियो सहीत

प्रतिकृया दिनुहोस्