News Portal

बार्सिलोनाको ३० वर्ष यताकै खराब सुरुवात, सन् १९९१ पछि क्याडिजसँग पहिलोपटक पराजित

साथीन्यूज संवाददाता
११३१ पटक

नवप्रवेशी क्याडिजसँग बार्सिलोना सन् १९९१ पछि पहिलोपटक पराजित भएको छ । शनिबार रातिभएको खेलमा बार्सिलोना एकविरुद्ध दुई गोलको अन्तरले पराजित भएको हो । रोचक कुरा, पछिल्लो पटक बार्सिलोना क्याडिजसँग पराजितहुँदा म्यानेजर रोनाल्ड कोम्यान खेलाडीका रुपमा बार्सिलोनाबाट खेल्थे ।
बार्सिलोनाले स्पेनिस लालिगामा सन् १९८७–८८ पछि सबैभन्दा खराब शुरुवात गरेको हो । कोम्यानको टोलीले १० खेलपछि मात्र १४ अंक बटुल्न सकेको छ । ३२ वर्षअघि टोलीले यहीअवस्थामा १३ अंक बटुलेको थियो । यो सिजन रियल म्याड्रिड र बार्सिलोना दुवैलाई हराएको क्याडिज १८ अंक सहित लिगको पाँचौ स्थानमा रहेको छ ।
खेलको शुरुवातमा नै अल्भारो जिमिनेजले क्याडिजलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा पेड्रो अल्कालाको आत्मघाती गोलको मद्दतले बार्सिलोनाले खेलमा बराबरी गर्यो । तर, लगत्तै म्यान्चेस्टर सिटीका पूर्व स्ट्राइकर अल्भारो नेग्रेडोले बार्सिलोनाको खराब डिफेन्सको फाइदा उठाउँदै टोलीलाई जीतदिलाए । ३५ वर्षीय खेलाडीले मैदान प्रवेश गरेको मात्र ४४ सेकेन्डमा गोल गर्न सफल भएका थिए ।

प्रतिकृया दिनुहोस्