पोखरामा सडक मानवको समयमा उद्दार नहुँदा मृत्यु भएको छ । पोखरा महानगरपालिका ११ स्थित तुलसी घाटबाट उद्धार गरिएको एक सडक मानवको सोमबार मृत्यु भएको हो ।
विरामी भएर लडिरहेका सडक मानवको उद्धार भएको तिन दिनपछि मृत्यु भएको उद्दारमा खटिएका एक प्रतिनिधिले बताए । उनका अनुसार सडक मानवको समयमा उद्दार नहुँदा मृत्यु भएको हो ।
मृत्यु हुने सडक मानव प्रकाश घले गुरुङ हुन् । ‘१० दिन अघि राम्रै थिए । हामीले वडा कार्यालय र प्रहरीलाई पनि खबर गरेका थियौं तर वेवास्ता गरियो । त्यसपछि आइतबार पनि खबर गरियो’ उनले भने, ‘आइतबार अचेत अवस्थामा थिए । शरीरमा पुरै झिँगा नै झिँगा भन्किएको थियो । उद्दार गरी मानवसेवा आश्रम लगिएको हो । ’
मृत्यु हुने सडक मावन प्रकाश घले गुरुङको हुन् । मृत्यु हुनु १० दिनअघि मात्रै प्रकाशले आफु मानव आश्रम नजाने बताएका थिए । ‘पहिला पनि गएको हो । यहाँबाट लैजादा राम्रो संग लान्छन भित्र पुगेपछि अर्कै व्यवहार गर्छन् । ’ उनले भनेका थिए । ‘बरु बाहिर ठिक छ । जेलमा बसेको भन्दा पनि बढी गाह्रो छ ।’ प्रकाशको यस अघि पनि उद्दार भएको थियो त्यसपछि उनी भागेर आएका थिए ।