साथीन्यूज
काठमाडौ। निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार गर्ने तयारी गरेको गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन्।
संविधानमा भएको व्यवस्था र राष्ट्रपति निर्वाचन सम्बन्धी ऐनका व्यवस्था आपसमा बाझिएको भन्दै मिति तोक्न ढिलाइ भइरहेको थियो।