गएको आइतबार पनि सधैं जस्तो सरु त्रिभुवन विमानस्थलस्थित ९एयर ट्राफिक कन्ट्रोल० एटिसीमा ड्युटीमा गएकी थिइन् । तर, आज उनी श्रीमान्सहित छोराछोरी र सासुलाई पर्वत पूजामा पठाउनका लागि आन्तरिकतर्फको भित्रैसम्म पुगिन् ।
आफू एटिसी अधिकृतका रुपमा कार्यरत रहेकोले सरुलाई भित्रैसम्म जानलाई कुनै रोकावट भएन । श्रीमानसहीत छोरा, छोरी र सासुलाई विमानसम्मै पुर्याएर उनी ड्युटीमा लागिन् । तर, अफशोच उनले आफ्ना चार ‘मुटु’ हरुलाई छाडेर आएको विमान केहीबेरमा दुर्घटनामा परेको उनैले थाहा पाइन् । सञ्चारमाध्यममा आउनुभन्दा अगाडि नै विमानस्थलकै एटिसी कन्ट्रोलरुममा रहेकी सरुको विमान दुर्घटना भएको आफैंले यकिन गरिसकेपछि बेहोस् भईन् ।
उनी होस आउँदा विमानमा आगो लागेको दृश्य यत्र(तत्र सार्वजनिक भइसकेको थियो । त्यो विमान त्यही थियो, केही मिनेट अगाडि आफ्ना दुई सन्तानसहित श्रीमान् र सासुलाई चढाएर पठाएको । युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र ९इसिमोड० मा कार्यरत थिए । उनका आफन्तदेवेन्द्र न्यौपाने भन्छन परीवार सबै उजाड भयो अब भाउजु बाहेक परीवारमा कोही पनि छैन उहा बोल्न सक्ने अबस्थामा हुनुहुन्न ।
मामा घरमा जादै गरेका देबेन्द्र आफ्नी आमा र छोरा छोरी लिएर जादै थिए तर पोखरामा उनि लगाएत मुटुका टुक्रा छोरा छोरीि र आमा लाई संगै लैजादै थिए पर्वतको विहादी गाउँपालिका वडा नं ४ को वानीपोखरामा |
गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने भएपछि छोरा युवराज कार्यालयमा बिदा मिलाएर केही दिन जन्मगाउँमै रमाउने योजनामा थिए।
श्रीमान् युवराज, सासु जमुना, छोरी आयुर्दी र छोरा बेवीनसहित ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ मध्ये ७१ जनाको शव भेटिइसकेको अवस्था छ ।
अझै १ जनाको अवस्थाबारे अज्ञात नै रहेको खबर आइरहेको छ । उद्धारकर्मीहरु खोजीमा जुटेका छन् ।
अस्पतालमा भेला पारिएका शवहरुलाई पहिचान गर्ने काम सुरु भइसकेको छ । उता सरु भने अर्धचेत अवस्थामै छिन् । जहाँबसेर सम्पूर्ण विमानहरूको अवस्था बारे ज्ञान हुने गर्छ, त्यहीँ ड्युटीमा रहेकी सरूले आफ्नो परिवार चढेको विमानको अवस्था थाहा पाइन् ।