News Portal

फेवातालको ६५ मिटर भित्र बनेका संरचनामा महानगरको आंखा, के भयो तालको छेउ पुग्दा हेर्नुहोस भिडियोमा

साथीन्यूज
१४९ पटक

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवातालदेखि ६५ मिटर भित्र कुनै पनि प्रकारको नयाँ संरचना निर्माण नगर्न निर्देशन दिनुभएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना नबनाउन प्रमुख आचार्यले उक्त निर्देशन दिनुभएको हो ।

ताल किनारका विभिन्न स्थानको अवलोकनका क्रममा केही स्थानमा अदालतको आदेश विपरीत नयाँ संरचनाहरू निर्माण भइरहेको पाइएपछि प्रमुख आचार्यले ती संरचनाहरू निर्माण कार्य तत्काल रोक्नका साथै निर्माण सामाग्रीहरू जफत गर्न नगर प्रहरीलाई निर्देशन समेत दिनुभयो । महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने उहाँले चेतावनी दिनुभयो ।

प्रमुख आचार्य सहितको टोली फेवातालको जलाधार क्षेत्रमा पर्ने सिमसार पुगेर फर्किएको छ । फेवातालको माथिल्लो क्षेत्रमा पानीको प्राकृतिक बहावलाई रोक्ने गरी ढुङ्गा माटो थुपारिएको पाइएकाले त्यसलाई हटाएर पुरानै लयमा फकाईने उहाँले बताउनुभयो । सिमसार क्षेत्र कृषि प्रयोजनका लागि मात्र उपयोग गर्न पाइने उहाँले बताउनुभयो । महानगरभित्र भूमिको वर्गीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।हेर्नुहोस भिडियो रीपोर्ट

प्रतिकृया दिनुहोस्