News Portal

धादिङबाट चुनाव लड्ने तयारीमा युवा व्यवसायी युवराज खतिवडा,आकांक्षीको रुपमा दिए उम्मेद्वारी

साथीन्यूज संवाददाता
२०० पटक

माओवादी केन्द्र प्रतिनीधिसभा क्षेत्र नम्बर २ ले संघ र प्रदेशका आकांक्षी उम्मेदवारहरुको नाम जिल्ला पार्टी समन्वय समितिमा सिफारिस गरेको छ ।

पोखराका सफल युवा व्यवसायी तथा नेकपा माओवादी केन्द्रका नेता युवराज खतिवडा प्रतिनीधिसभा क्षेत्र नम्बर २ (क) बाट आकांक्षीका रुपमा सिफारिस भएका छन् ।

धादिङ् जिल्ला जन्मथलो रहेका खतिवडाले हालसम्म हजारौ धादिङका दुखी पिडित जनताको घाउमा मालामपट्टि लगाउदै आएका खतिवडाले कोरोना महामारीको समयमा पनि धेरै जना पिडितको उद्दार गरेका थिए । धादिङका जनताको लागि रोजगारको व्यवस्था तथा उनीहरुका सदस्यको लागि खाने बस्ने व्यवस्था मिलाउदै दुख सुखमा साथ् दिदै आएका खतिवडाले आफ्नो गाउका जनता भनेपछि हुरुक्कै हुने स्स्वभावका रहेका छन् ।

आफुले कमाएको धेरै जस्तो रकम जनताकै सेवाको लागि खर्च गर्दै धादिङको बिकासमा पनि सहयोग गर्दै आएका उनी भन्छन अरुले चुनावपछि काम गर्ने झुटा आस्वासन दिन्छन तर आफुले पहिले नै जनताको हितमा धेरै काम गरिसकेकै कारण धेरैले चुनावमा होमिन आग्रह गरेपछि मात्र आफुले उम्मेद्वारी दिएको जानकारी दिएका छन् ।

धेरै जस्तो राजनीतिक तथा व्यवसायीक भेटघाटमा ब्यस्त रहने खतिवडाले साथि न्युज संग कुरा गर्दै भन्छन ‘धादिङका जनताले अहिलेसम्म धेरैलाई चुनावमा जिताएर हेर्नु भयो तर पहिलाका सदस्यहरुले मन जितेर बिकासका काम गर्न नसकेकै कारण अब आफु यस क्षेत्रबाट चुनावमा हुमिएको हु । अब पनि राजनीतिक दल र नेताहरु नसुध्रने हो भने धेरै स्वतन्त्र उम्मेदवारको जन्म हुनेछ, त्यसैले पार्टी भित्रै रहेका देशको लागि केहि गर्छु भन्ने युवाहरुलाई अब प्राथमिकता दिदै पार्टी अगाडी बढ्नुपर्नेमा उनले जोड दिएका छन् । आफुले बिगतमा धादिङका जनताको लागि गरेका कामको मुल्याङकन गर्दै पार्टीले अब आउने चुनावमा पनि पार्टीको तर्फबाट एक सक्षम उमेद्वारको रुपमा आफुलाई सिफारिस गरी जनताको सेवामा लाग्ने अवसर दिनेमा आफु आशाबादी रहेको बताएका छन् ।

प्रतिनीधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिन चाहाने आकांक्षीहरु
प्रत्यक्ष तर्फ
१। ओम शर्मा
२। कल्पना धमला
३। रामबहादुर भण्डारी
४। राम प्रसाद सापकोटा
५। ज्योती अधिकारी
समानुपातिक तर्फ
१। बेदनीधि अधिकारी
२। अप्सरा सिंखडा ९दिपा०
३। बेशरी प्रसाद पन्त
४। रामबहादुर बस्याल

प्रतिनीधिसभा क्षेत्र नम्बर २ (क) बाट सिफारिस भएका आकांक्षीहरु
प्रत्यक्ष तर्फ
१। मोहन कार्की
२। मनराज भण्डारी
३। शम्भु श्रेष्ठ
४। शंकर अधिकारी
५। युवराज खतिवडा
समानुपातिक तर्फ
१।सोम्बोले तामाङ
२। लक्ष्मी थापामगर
३। उर्मिला तामाङ
४। अमृत तामाङ

प्रतिनीधिसभा क्षेत्र नम्बर २ (ख) बाट सिफारिस भएका आकांक्षीहरु
प्रत्यक्ष तर्फ
१। जगत सिंखडा
२। दलबहादुर बुर्लाकोटी
३। पुष्पविक्रम मल्ल
४। रामबहादुर भण्डारी
समानुपातिक तर्फ
१। अप्सरा सिंखडा (दिपा)
२। विमल तामाङ
३। मिम्बा तामाङ
४। सरला धमला
५। सुशीला थापा

यस्तै माओवादी केन्द्र प्रतिनीधिसभा क्षेत्र नम्बर १ ले शुक्रबार नै आकांक्षी उम्मेदवारहरुको नामावली पार्टी जिल्ला समन्वयमा सिफारिस गरिसकेको छ ।
प्रतिनीधि सभा क्षेत्र नम्बर १
प्रत्यक्ष तर्फ
शालिकराम जमकट्टेल
समानुपातिकमा
राजन रेग्मी निशान
खेम भुजेल

१ को प्रदेश (क) बाट
प्रत्यक्ष तर्फ
दिपक लामिछाने सुवोध
नारायण लामिछाने नरेश
नकुल थापा करुण
रामचन्द्र रिजाल नरेश
नकुल थापा करुण
समानुपातिकमा
कृष्ण रेग्मी
राजकुमार पाठक
राम नेपाली
कुमार तामाङ
रामशण सेन्चुरी
बासु बासकोटालाई

१ को प्रदेश (ख) बाट
प्रत्यक्ष तर्फ
शालिकराम जमकट्टेल
चन्द्रबहादुर सिलवाल मिलन
पित्तबहादुर डल्लाकोटी हरी
ध्रुव सुवेदी अरुण
पुष्प थपलिया
बुद्ध गुरुङ
सम्झना पण्डित
समानुपातिक तर्फ
संगिता कडेल दिपा
दुर्लभ तामाङ
सुर्य तामाङ
पूर्णिमाया चेपाङ
चेलिमायाँ तामाङ
अर्जुन भुजेल
रामशरण श्रेष्ठ
रामकृष्ण सिर्मल
पुष्पा अधिकारी

प्रतिकृया दिनुहोस्